सन्धिखर्क । अर्घाखाँचीबाट लुम्बिनी प्रदेशसभामा नेकपा (एमाले) का सांसद रामजीप्रसाद घिमिरेले महाधिवेशन प्रतिनिधिमा बहुमत पाउन सकेनन् ।
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि अर्घाखाँचीमा भएको चुनावमा प्रदेशका सांसद घिमिरे पराजित भएका हुन् ।
निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कुल तीन हजार छ सय ५० मतमध्ये पुरुष खुलातर्फ पिताम्बर भुसाल तीन हजार एक सय ८७ मतसहित विजयी हुँदा प्रदेशसभा सदस्य घिमिरे एक हजार नौ सय ८० मत अन्तरले पछि परे ।
त्यस्तै, वसन्तकुमार श्रेष्ठ दुई हजार आठ सय ४१, रेशम थापा दुई हजार सात सय ७०, शम्भुप्रसाद पोखरेल दुई हजार सात सय ४३, तेजप्रसाद खनाल दुई हजार पाँच सय ३३ र कमलप्रसाद घिमिरे दुई हजार चार सय ४४ मतसहित निर्वाचित भए ।
त्यस्तै, महिला खुलातर्फ दीपा आचार्य ३ हजार ३७, विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुष्मा श्रेष्ठ २ हजार ८६३ मतसहित निर्वाचित भएका छन् ।
युवा खुलातर्फ तेजबहादुर रायमाझी र दलिततर्फ लिीबहादुर विक तथा आशा परियार निर्विरोध चयन भएका छन् ।
