• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दोस्रो अन्तर्राष्ट्रिय महिला गोष्ठी समापन


  •   शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित
  • चन्द्रा श्रीस, काठमाडौँ ।

    Advertisement

    दोस्रो अन्तर्राष्ट्रिय महिला गोष्ठी समापन भएको छ । २०८२ मङ्सिर ११ गते सुरु भएको सो गोष्ठी मङ्सिर १३ गते शनिबार बुढानीलकण्ठमा सम्पन्न भएको हो ।

    पहिलो दिन उद्घाटन कार्यक्रम सम्पन्न भएलगत्तै प्रत्येक दिन पाँच/पाँचओटा कार्यपत्र प्रस्तुत भएका थिए । नेपाल, जर्मनी, हल्यान्ड, टर्की, फ्रान्स, पेरू, सिरियालगायतका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रत्येक कार्यपत्रमाथि हाउसबाट सुझाव सङ्कलन गरेर त्यसलाई समेट्ने गरी कार्यपत्रलाई अन्तिम रूप दिने निर्णय भएको आयोजक विश्व महिला सम्मेलनले जनाएको छ ।

    अन्तिम दिन गोष्ठीको घोषणापत्र प्रस्तुत भएको थियो । कार्यक्रम आयोजकमध्येको एक सङ्गठन अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनका अनुसार हाउसमा उठेका सुझावलाई समेट्ने गरी छिट्टै सो घोषणापत्र जारी गरिने भएको छ । त्यसका लागि केही दिनमै महिला कोअर्डिनेटरको बैठक बस्दैछ ।

    अध्यक्ष पुनका अनुसार घोषणापत्रमा नेपालका प्रतिनिधिले जलवायु परिवर्तनले हिउँ पग्लने क्रम तीव्र भएको, फलस्वरूप हिमाली आदिवासी जनजातिको जनजीवन कष्टकर भएको, कृषिप्रधान देश भएर पनि साम्राज्यवादी हस्तक्षेपका कारण माटोको प्राकृतिक रसायन समाप्त हुँदा उर्वराशक्ति घट्दै गएको तथा मल, बिउमाथिको परम्परागत स्वामित्व समाप्त भएको, महिलाका समस्या वर्गीय भएकाले समाजवाद नै अन्तिम विकल्प रहेको, सिङ्गापुरका सुरक्षाकर्मीमा भर्ना भएका परिवारलाई पतिको मृत्युपछि त्यहाँ बस्न नदिइएकोमा विरोध, गोर्खा भर्ती केन्द्र बन्द गरिनुपर्नेलगायतका माग राखेको थियो ।

    कार्यक्रममा विश्वभरिका चार महादेश नेपालबाट दुई सयभन्दा बढी र विदेशबाट एक सय पचासभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

    सम्मेलनको पहिलो दिन साँझ गाजामा इजरायली नरसंहारको विरुद्ध साङ्गीतिक विरोध प्रदर्शन गरिएको थियो । त्यस्तै, अन्य दिन पनि सहभागी देशका प्रतिनिधिले फरक फरक भाषामा महिलामुक्तिका गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

    शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.