• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

अन्तर्राष्ट्रिय महिला गोष्ठीलाई धमेन्द्र बास्तोलाको शुभकामना


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले काठमाडौँमा जारी आइकोरको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनलाई शुभकामना व्यक्त गरेको छ । पार्टीमा महासचिव धमेन्द्र वास्तोला (कञ्चन)ले हिंजो २०८२ मंसिर ११ गते सम्मेलनलाई लिखित शुभकामना पत्र पठाएका थिए ।

    Advertisement

    संसारभरीका महिलाहरूले प्राप्त गरेका राजनीतिक, आर्थिक, सामाजिक र पर्यावरणीय उपलब्धीहरूको रक्षा गर्दै थप उपलब्धी सहित समग्र मानव मुक्तिका सवालमा समेत यो सम्मेलन कोसेढुंगा सावित हुने शुभकामना पत्रमा उल्लेख गरेका छ ।

    प्रस्तुत छ, धमेन्द्र वास्तोलाको शुभकामना पत्र :

    ‘International Coordination of Revolutionary Parties and Organizations (ICOR) को दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन नेपालमा हुन गइरहेको खबरले हाम्रो पार्टी लगाएत लाखौं नेपाली महिलाहरूलाई अत्यन्तै खुशी बनाएको छ । सर्वप्रथम महिलाहरूको राजनैतिक, आर्थिक, सामाजिक अधिकार सहित समग्र मुक्ति संघर्षमा आफ्‌नो जीवन बलिदान गर्ने संसारभरीका सम्पूर्ण विरंगनाहरूप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दछ साथै घाईते अवस्थामा भएकाहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ । साथै विभिन्न देशहरूबाट यो सम्मेलनमा सहभागी हुन आउनु भएका सम्पूर्ण समाजवादी एवम् क्रान्तिकारी महिलाहरूको प्रतिनिधित्व वा नेतृत्वको रुपमा उपस्थित तपाईहरू सबैलाई हाम्रो पार्टी हार्दिक स्वागत गर्दछ ।

    आज संसारभरका महिलाहरू मुलतः पितृसत्तात्मक, साँस्कृक्तिक एवम् आर्थिक पहाडरुपी समस्याबाट प्रताडित छन् । साम्रज्यवादले महिला विरुद्ध विश्वव्यापी बेचबिखन र हत्या, असुरक्षित प्रवासन/आप्रवासन, प्राकृक्तिक स्रोत साधन माथि लुट, युद्ध निर्यात थोपर्ने कार्य र पर्यावरण बिनास गर्दै आइरहेको छ । साम्राज्यवादले पैदा गरेका समस्याहरू र महिलामाथि परम्परादेखि चल्दै आएका पहाडको समाधान नेकपा (बहुमत) ले बहसमा अघि सारेको आर्थिक नीतिले समाधान दिनेछ । यो विषय पनि यो सम्मेलनमा ध्यान दिइयोस् भन्ने हाम्रो पार्टीको अपेक्षा रहेको छ । तसर्थ उत्पादनका साधनहरूप्रति जन्मसिद्ध अधिकार सुनिश्चित गरी पैत्रिक सम्पत्तिको बिलोपीकरण गरी निजी सम्पत्तिको अन्त्य हुने हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी बहुमतको आर्थिक लाइनबारे यो सम्मेलनमा आवश्यक छलफल बहस होस् ।

    संसारभरीका महिलाहरूले प्राप्त गरेका राजनीतिक, आर्थिक, सामाजिक र पर्यावरणीय उपलब्धीहरूको रक्षा गर्दै थप उपलब्धी सहित समग्र मानव मुक्तिका सवालमा समेत यो सम्मेलन कोसेढुंगा सावित हुने गरी सम्पन्न हुनेछ भन्ने आशा सहित हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) यो (ICOR) को दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दछ ।

    आज विश्वमा जे जति संकटहरू पैदा भएका छन् त्यसको मुल कारण भनेको पुँजीवाद र साम्राज्यवाद नै हो। यसको आर्थिक, राजनीतिक र सामाजिक नीतिहरूका कारण विश्वमा महिलाहरूमाथि विभिन्न रुपका उत्पिडनहरू हुने गरेका छन् । यसले संसारभर अनावश्यक युद्ध थोपर्ने, महिलाहरूमाथि हत्या हिंसा गर्ने, असुरक्षित आप्रवासन र पर्यावरणीय विध्वंश गरी प्राकृक्तिक स्रोत साधनहरूमाथि लुटपाट गरिरहेको छ । यसका विरुद्ध पनि यो सम्मेलनले उचित संश्लेषण गरोस् ।

    यी सबै खाले उत्पिडनको जंजीर तोड्न समाजबादी आन्दोलनको आवश्यक्ता छ । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने राष्ट्रिय तथा आन्तर्राष्ट्रिय आन्दोलनले मात्र पर्यावरणीय बिनास, महिलाहरूमाथि हुने हिंसा, महिला स्वतन्त्रता र समानताको मुद्दाहरू समाधान गर्न सक्छ । आशा छ यो (ICOR) को दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले विश्वव्यापी समाजवादी आन्दोलनको जगमा महिलाका राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरू सहित समग्र मानव मुक्तिको राजनितीक कोर्षलाई आवश्यक पर्ने संघर्षको खाका कोर्न सफल होस् । हार्दिक शुभकामना

    क्रान्तिकारी अभिवादन सहित !’

    ११ मंसिर, २०८२ (२७ नोवेम्बर, २०२५)

    कन्चन

    महासचिव

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.