तिमी भुइमा बसेर मलाई कुर्सीमा बसायौ
हास्न बिर्सेको मलाई दोबरा हसायौ।
तिमी पछि बसेर मलाई अगाडि उभ्यायौ
सबैको तिमी उत्तरदायी हौ भनेर चिनायौ।
मलाई बोल्न लगाएर तिमीले सुनेर बसेउ
मेरो उत्साह बढाउन बारम्बार ताली पिट्यौ।
प्रदेशको ठाउमा पैदल आइ किताबहरू दिएउ
बारम्बार नजानिदो ढंगले परीक्षाहरू लिएउ।
मैले गलत गर्दा एकान्तमा राखी सम्झायौ
ममा भएका संकोचितलाई एकएक गरी अन्मायौ
मैले नबुझेको भए म आफुलाई ठुलो ठान्थे होला
तिमी भन्दा म आफुलाई सर्बोत्कृष्ट मान्थे होला।
त्यस्तो थिएन तिमीले त्यो बाटो समाएका थियौ
जहाँ मलाई पनि पुर्याउन आफुले विश्राम लिएउ ।
तिमी असक्षम भएर पनि पछि बसेका होइनौ
मलाई कुर्सीमा राखेर तिमी भुइमा बस्नु पर्ने छैनौ ।
तिमीले त बर्षौ बर्षौँदेखि हेपिएकालाई
अन्धबिस्वासको भुमरिमा चेपिकालाई ।
नरक जस्तो जिबनबाट बाहिर निकाल्न खोज्यौ
जिबनको सबैभन्दा अफ्ठ्यारो बाटो रोजेयौ ।
जुन बाटोमा हिड्दा पाइला पाइलामा ठेस लाग्छ
बिना तलब बच्चाले तिमीबाट उत्तर माग्छ ।
तिमीलाई कतिले असक्षम भनेको पाए
ठुलो पल्टिन तिमीलाई प्रस्न गरेको पाए ।
सबैलाई राजा बनाएर तिमी रैति बन्छौ
भोक प्यास घाम पानी नभनेर मैदानमा खट्छौ।
यो बाटोमा मलाई मात्र हिडाएनौ धेरैलाई हिडायौ
परिबारले नचिनेकालाइ संसार भरि चिनायौ।
आज पनि अरुलाई अघि बढाउन तिमी पछि बस्छौ
कनिष्ठको प्रगति देखेर प्रफुल्लीत भएर हास्छौ ।
तिम्रो यो उत्कृष्ट सोचलाई सधै सलाम गर्नेछु
लाइनमा तिमि आफु पछि बसे पनि म गुरु मान्नेछु।