• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साम्राज्यवादलाई कसरी पराजित गर्ने ?


  •   बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
  • २०८२ मंसिर ११ गते काठमाडौँमा दुर्गा पौडेलद्वारा अन्तर्राष्ट्रिय महिला सेमिनारमा प्रस्तुत कार्यपत्र

    Advertisement

    साम्राज्यवाद आज विश्वव्यापी समस्या हो । विश्व विश्वयुद्ध वा आणविक युद्धको संघारमा छ । विश्वका धेरै भागहरूमा पहिले नै युद्धहरू भइरहेका छन्, र धेरै देशहरूमा युद्ध भड्कने खतरा बढ्दै गइरहेको छ । आजको युगमा, विश्वयुद्ध वा आणविक युद्धको अर्थ सम्पूर्ण मानव जातिको विनाश हुनेछ । युद्धको मुख्य स्रोत साम्राज्यवाद हो । साम्राज्यवादले निम्त्याउने सम्भावित युद्ध वा विश्वयुद्धलाई रोक्नु विश्वभरका साम्राज्यवाद विरोधी र शान्तिप्रेमी मानिसहरूको एकता र क्रान्तिकारी संघर्षबाट मात्र सम्भव छ । त्यसकारण, आज, सम्भावित युद्धहरूलाई रोक्न र शान्तिको रक्षा गर्न अर्को शब्दमा, मानवतालाई आफैको रक्षा गर्न साम्राज्यवाद विरुद्धको संघर्ष एक निर्णायक आवश्यकता हो।

    विश्वको जनसंख्याको आधा वा त्योभन्दा बढी महिलाहरू छन् । युद्धबाट सबैभन्दा बढी प्रभावित महिला र बालवालिकाहरू नै हुन्छन् । त्यसकारण, युद्ध विरुद्ध एकजुट हुन र शान्तिको संघर्षमा नेतृत्व लिन सबैतिर महिलाहरू अगाडि आउनु पर्ने आवश्यकता छ । त्यसरी नै, युद्ध रोक्नु, शान्तिको रक्षा गर्नु र मानवताको रक्षा गर्नु सम्भव हुनेछ ।

    बाहिरबाट हेर्दा, साम्राज्यवाद आज एक महाशक्ति जस्तो देखिन्छ । तर वास्तविकतामा, यो मरणासन्न अवस्थामा पुगेको छ । पूँजीवादको प्रेरक शक्ति अधिकतम नाफाको खोजी हो । नाफा अधिकतम गर्न, उत्पादनलाई ठूलो स्तरमा विस्तार गर्नुपर्छ, जसको अर्थ उत्पादनलाई झन पछि झन ठूलो सामाजिक चरित्र दिनु नै । पूँजीवाद भित्रको आधारभूत अन्तरविरोध उत्पादनको सामाजिक चरित्र र उत्पादनका साधन र फलहरूको निजी स्वामित्व बीच हो । त्यो अन्तरविरोधका कारण, पूँजीवाद भित्र संकटहरू निरन्तर उत्पन्न हुन्छन् । फलस्वरूप, पूँजीवाद जुन सतहमा शक्तिशाली देखिन्छ, भित्रबाट बिस्तारै कमजोर हुँदै गइरहेको छ । त्यस प्रकारको चरित्रका कारणले त्यसभित्रको संकट बढ्दै जान्छ आन्तरिक रूपमा पूँजीवाद र श्रमिक वर्ग बीच, बाहृय रूपमा उत्पीडित देशहरू र पूँजीवादी राज्यहरू भित्र । त्यसको सम्मिलित परिणाम यो हुन्छ कि साम्राज्यवाद बाहिरबाट शक्तिशाली जस्तो देखिए पनि, वास्तवमा मरणासन्न अवस्थामा छ । त्यसकारण, बाहिरबाट यो जतिसुकै बलियो देखिए पनि, यो वास्तवमा धेरै कमजोर छ । यस कारणले गर्दा, विश्वका क्रान्तिकारी र शान्तिप्रेमी जनताले साम्राज्यवादमाथि विजय हासिल गर्न सम्भव छ अर्को शब्दमा, मेहनतकश जनताको विजय अपरिहार्य छ।

    सामान्यतया भन्नुपर्दा, साम्राज्यवाद र युद्धको विरोध एक राजनीतिक कार्य जस्तो देखिन्छ र त्यो हो पनि । तर वास्तवमा, यो सबै मानिसहरूको जीवनलाई प्रत्यक्ष रूपमा असर गर्ने सामाजिक समस्या पनि हो, विशेष गरी महिलाहरूको । जब कुनै देशमा युद्ध हुन्छ वा विश्वव्यापी रुपमा पनि युद्ध हुन्छ, यसले आम जनता र विशेष गरी महिलाहरूलाई ठूलो पीडा दिन्छ । मानिसहरू मर्छन् वा घाइते हुन्छन्, अनगिन्ती बालबालिकाहरू मारिन्छन्, घरहरू नष्ट हुन्छन्, र जीविकोपार्जन बर्बाद हुन्छ । युद्धले समग्र समाजलाई ठूलो हानि पुर्याउँदै महिलाहरूले सबैभन्दा बढी पीडा भोग्छन। त्यसैले, यद्ध रोक्न नेतृत्वदायी भूमिका खेल्न महिलाहरूको जिम्मेवारी हो । युद्धको मुख्य स्रोत साम्राज्यवाद हो, जसले नाफाको लागि धेरै देशहरूमा आक्रमण गर्छ र विश्वव्यापी स्तरमा विनाश निम्त्याउँछ। यस कारणले गर्दा, साम्राज्यवाद र युद्धको विरोध राजनीतिक आवश्यकता मात्र होइन, शान्तिपूर्ण जीवन बिताउनको लागि आधारभूत आवश्यकता पनि हो ।

     

    बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.