प्रदीप प्रधान ##
निकिता साह्रै खु्रसी छैनिन् । खाना पनि मिठोसँग खाएकी छैनिन् । साह्रै दिक्क मानेकी छिन् । तिनको विचारमा साह्रै धक्का लागिरहेको छ, ‘मैले के सोच ? त्यो भएन ।’
मनमा द्वन्द्वको बारुद पाकिरहेको थियो । बाहिर जनताका जायज नारा चलिरहेको छ । वृद्धाहरू पनि भन्दैछन्– ‘हामीले दिएको भेट खेरै गयो ।’
कहिले पेट्रोलको दाम बढेको बढेकै । वृद्धभत्ता पनि बढाएर सत्तरीमा गरे ।
राजावादीको जुलुस उस्तै । सडकमा नारा तात्तिएको छ ।
यी नेताहरू भन्ने एउटा, गर्ने अर्काे । शिक्षक आन्दोलन सडकभरि छताछुल्ल बगिरहेको छ । देशका शिक्षक पनि सन्तुष्ट छैनन् ।
निकिता नेतासँग भेट्ने विचारले सिंहदरबार छिरिन् ।
नेताजी ¤ जनताले धेरै सास्ती पाए । हामी बोल्ने ठाउँ छैन । भेट्न आउँदा भेट्न पनि पाइँदैन ।
आज बल्ल भेट भयो ।
नेताले ‘दु:ख मान्नुभए, भाञ्जी’ निकिता भनेर सम्झाउन थाले– ‘निकिता, पैसा चाहिए १ करोडको चेक लैजाऊ ।’
निकिता– ‘तपाईंलाई बचाएर कामै छैन । देशद्रोही कार्य गरिरहेका छौँ । म त पागल भइसकेँ ।
हैन, ‘मलाई फिर्ता भए ।’
नेता वाक्क र दिक्क भए । ‘के भनेकी तिमीले ? मैले जान्दिनँ, बुझ्झिनँ । मैले दिएको फिर्ता देऊ ।’
नेता सम्झाउँदे थिए । निकिता एकोहोरिरहेकी थिई । निकिताले भनी– ‘आजै हस्पिटल जाउँ । डाक्टरलाई भेटौँ ।’
‘छैन के भन्न खोजेकी ?’
निकिताले भनी– ‘अरू म जान्दिनँ । देशलाई डुबायौ । मैले दिएको यन्त्रले बाँचिरहेका छौँ ।’
नेताले भन्यो– ‘के ? के ?’
‘मैले दिएको फिर्ता देऊ ।’
नेताले भन्यो– ‘के ?’
‘मेरो किड्नी फिर्ता देऊ ।’
नेताले भयो– ‘के भन्यौ ?’
‘तपाईंलाई ‘बचाएको केही सार भएन ।’
नेता ठुला ठुला आँखा बनाएर एक शब्द पनि बोलेन ।

