• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमाले र जेनजी आवरणमा देशलाई अराजकतातर्फ लैजाने प्रयत्नप्रति मसालको ध्यानाकर्षण


  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले नेकपा (एमाले) र जेनजी आवरणमा देशलाई अराजकतातर्फ लैजान थालिएको भन्दै त्यसप्रति नेपाली जनताको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ मङ्सिर ७ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो धारणा व्यक्त गरेको हो ।
    वक्तव्यमा सिमरामा एमाले र जेनजी युवाको बिचमा भएको तनाव र मुठभेडको सन्र्दभमा धारणा व्यक्त गरिएको छ ।

    एकातिर एमालेले युथ भोलेन्टियर फोर्स गठन गर्ने र त्यसको नेतृत्व आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई दिने अर्कोतिर जेनजीको नाममा गैरजेनजीले पनि यस्तै प्रकारको क्रियाकलाप अगाडि बढाउनाले देश अराजकतातर्फ जाने मसालको ठहर छ ।

    जेनजी आन्दोलनको क्रममा छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउनु सामान्य कानुनसम्मत प्रक्रिया भएको स्पष्ट पार्दै सो कदमको विरुद्ध भोलेन्टियर फोर्सद्वारा प्रतिवादको धम्की ओलीको अभिव्यक्ति अधिनायकवादी, स्वेच्छाचारी र निरङ्कुश शैलीअनुरूप भएको वक्तव्यमा बताइएको छ ।

    मसालले दश वर्षे सशस्त्र द्वन्द्वको बेलामा राज्य र माओवादी दुवै ज्यादतीको विरोध र सफलतापूर्वक सामना गरेको स्मरण गर्दै वक्तव्यमा सो बेलामा राजमोको नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालयमा पुगेर ओलीले गुनासो पोख्ने गरेको तथ्य सम्झाएको छ ।

    मसालले कुनै पनि ज्यादती वा अराजकताको सधैँ विरोध र सामना गर्ने गरेको बताउँदै वक्तव्यमा देशमा उत्पन्न यस्तो स्थितिप्रति सम्पूर्ण नेपाली जनताको ध्यानाकर्षण गराएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सिमरामा एमाले र जेनजी युवाका बिचमा भएको तनाव र मुठभेडलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिन्छ । त्यसलाई एउटा स्थानीय र तात्कालिक घटनाको रूपमा मात्र लिनु सही हुने छैन । त्यसका जरा कैयौँतिर फैलिएका छन् र आउने दिनमा त्यसले कैयौँ हाँगा पनि हाल्न सक्छ । त्यसकारण त्यसलाई सही सन्दर्भमा बुझ्नुपर्ने र समाधान गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    भदौ २३ गते भएको भीषण नरसंहारलाई पनि हल्का रूपमा लिनु सही हुने छैन । त्यहाँ जुन युवाको हत्या गरियो, त्यो सामान्य कुरा होइन । उनीहरूले देशमा बढिरहेको भ्रष्टाचार र कुशासनका विरुद्ध शान्तिपूर्ण तरिकाले आवाज उठाएका थिए । त्यसलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न पहलकदमी गर्नुपर्दथ्यो तर त्यसका विरुद्ध ओली सरकारले बढी शक्ति प्रयोग गर्‍यो र त्यो कुनै पनि अवस्थामा सही थिएन । अहिले ओलीले त्यस दिनको नरसंहारका लागि उनको सरकार जिम्मेवार नभएको वा त्यहाँ प्रयोग गरिएका गोली पनि प्रहरीका नभएको दाबी गरिरहेका छन् । उनको त्यो दाबीमा सत्यता भए त्यसबारे छानबिन गर्नुपर्ने र वास्तविक दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकतालाई हामीले अस्वीकार गर्दैनौँ तर अहिलेसम्म ओलीले त्यस प्रकारको कुनै तथ्य वा आधार दिन सकिरहेका छैनन् । त्यो अवस्थामा भदौ २३ गतेको गोलीकाण्डको लागि ओली सरकार नै जिम्मेवार भएको वास्तविकतामाथि आँखा चिम्लनु सही हुने छैन । त्यसका लागि सम्बन्धित जिम्मेवार व्यक्तिमाथि छानबिन वा कारबाही हुनु न्यायसङ्गत मात्र होइन, आवश्यक पनि छ अन्यथा त्यस प्रकारका कारबाही बारम्बार दोहोरिने र देश फासिस्ट शासनतिर जाने खतरा हुनेछ ।

    यो आम रूपमा थाहा भएको कुरा हो, ओलीको चरित्र पहिलेदेखि नै अधिनायकवादी, स्वेच्छाचारी र चरम प्रकारको व्यक्तिवादी रहँदै आएको छ । सामाजिक सञ्जालमा बढिरहेको अराजकता वा स्वच्छन्दतालाई नियमन गर्नु आवश्यक र सही पनि थियो तर त्यो कार्य सर्वोच्च अदालतले दिएको निर्देशनअनुसार कानुन बनाएर गरिनुपर्दथ्यो । त्यसको विपरीत ओली सरकारले त्यसो नगरीकन ठाडै प्रतिबन्ध लगाउने काम गर्‍यो । त्यो अवस्थामा त्यो कार्यका विरुद्ध खास गरेर युवामा व्यापक असन्तोष र आक्रोश पैदा हुनु स्वाभाविक नै थियो । देशमा ओली सरकारद्वारा मात्र होइन, बहुदलीय व्यवस्था आएदेखि बनेका विभिन्न सरकारका कालमा बढेको भ्रष्टाचार र कुशासनका विरुद्ध जनतामा व्यापक असन्तोष र आक्रोश पनि थियो । यी सबैको सम्मिलित परिणाम भदौ २३ गतेको जेनजीको विस्फोटक रूप थियो र त्यो न्यायसङ्गत पनि थियो । एकातिर विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिले त्यस प्रकारको आक्रोशलाई उपयोग गर्ने प्रयत्न गरे भने अर्कातिर युवाको असन्तोष वा आन्दोलनलाई शान्तिपूर्ण र सन्तुलित प्रकारले समाधान गर्नको लागि प्रयत्न गर्नुको सट्टा ओली सरकारले त्यसप्रति असहिष्णुता र कडा दमनको नीति अपनायो । त्यस प्रकारको कार्यप्रणाली ओलीको पहिलेदेखिको नै अधिनायकवादी चरित्रअनुरूप थियो । त्यही प्रकारको पृष्ठभूमिमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

    भदौ २३ गतेको त्यस प्रकारको भीषण नरसंहारप्रति ओलीले कुनै पश्चात्ताप प्रकट गर्नुको सट्टा लगातार गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको पाइन्छ । त्यो बाहेक भदौ २३ गतेको नरसंहारको लागि, त्यसका लागि ओलीले भनेजस्तै घुसपैठिया जिम्मेवार भएको भए पनि छानबिन गर्ने वा सम्बन्धित दोषीलाई कारबाही गर्नेबारे कुनै ठोस पहलकदमी नगरिएको हुनाले पनि जेनजीमा बढी आक्रोश देखा परेको छ । त्यसका लागि एउटा जाँच आयोग पनि बनेको छ तर त्यसले के कति कारबाही गर्‍यो ? त्यो थाहा हुन सकेको छैन । त्यो अवस्थामा भाद्र २३ गतेको नरसंहारको लागि जेनजीमा ओलीप्रति असन्तोष हुनु स्वाभाविक नै हो र त्यो असन्तोष व्यापक रूपमा विद्यमान पनि छ । त्यस प्रकारको पृष्ठभूमिमा नै सिमरामा एमाले र जेनजीका बिचमा तनाव र मुठभेडको अवस्था उत्पन्न भयो ।

    सिमरामा एउटा कार्यक्रममा एमालेका नेता जान लागेको बेलामा उनीहरूलाई रोक्नको लागि जेनजी युवाले विरोध प्रदर्शन गर्ने वा हवाई अड्डामा तोडफोडसमेत गर्ने कार्य गरेका थिए । त्यसका पछाडि भदौ २३ गतेको नरसंहार र त्यसका लागि जिम्मेवार व्यक्तिमाथि कुनै कारबाही नभएको हुनाले उनीहरूमा असन्तोष हुनु स्वाभाविक हो र त्यही असन्तोष एमालेका नेता सिमरामा आउने कार्यको विरोधमा प्रकट भएको छ तैपनि हामीले यो कुरा स्वीकार गर्नैपर्दछ कि उनीहरूको त्यस प्रकारको विरोध स्वाभाविक भए पनि त्यो गलत नै थियो । देशमा विभिन्न पार्टीका नेता विभिन्न कार्यक्रमका सिलसिलामा देशका विभिन्न भागमा जानु स्वाभाविक नै हुन्छ । त्यस प्रकारका कार्यलाई विरोध गर्न थालियो भने देशव्यापी रूपमा नै अशान्तिको स्थिति उत्पन्न हुनेछ । सिमरामा भएको तनाव वा मुठभेडको मूल कारण जेनजी युवाको गलत प्रकारको विरोध प्रदर्शन नै थियो । त्यस प्रकारको सिलसिला बढ्दै जाने हो भने देशमा गम्भीर प्रकारको अशान्ति र अराजकताको स्थिति उत्पन्न हुनेछ । त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि जेनजी युवा वा सम्पूर्ण जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।

    एमालेले अहिले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको छ । त्यसको नेतृत्वमा लामो र सिलसिलेवार फौजदारी आरोप लागेका व्यक्तिलाई राखिएको छ । त्यसले त्यो सङ्गठनको भावी कार्यदिशाको स्वरूप वा चरित्रको पूर्व आभास दिन्छ । यो स्पष्ट छ, त्यस प्रकारको फोर्स गठन गर्नुको पछाडि एमालेको उद्देश्य देशमा मुठभेडको स्थिति पैदा गर्नु नै हो । त्यस प्रकारको ‘फोर्स’ को गठन पनि ओलीको अधिनायकवादी चरित्रअनुरूप नै छ । यो कुराको पनि अनुमान गर्न सकिन्छ कि चुनावका बेलामा पनि त्यो फोर्सलाई उपयोग गर्ने नीति अपनाइनेछ । यदि देशमा अन्य राजनीतिक शक्तिले पनि त्यही प्रकारका फोर्स गठन गर्दै गए भने देशमा कुन प्रकारको स्थिति उत्पन्न होला र देश कहाँ जाला ? त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ । त्यस प्रकारको स्थितिमा देशमा गम्भीर प्रकारको राजनीतिक अस्थिरता, अशान्ति वा अराजकताको स्थिति उत्पन्न हुने र त्यसको बहानामा नेपालमा विदेशी सेनाले प्रवेश गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । ओलीको नीतिले देशलाई त्यही दिशामा लैजाने त होइन ? त्यो प्रश्न उठाउने पनि ठाउँ छ ।

    अहिले नै त्यो फोर्सले फासिस्ट प्रकारको प्रवृत्तिको प्रदर्शन गर्न थालेको छ । भदौ २३ गतेको नरसंहार वा ओलीमाथि लागेका कतिपय आरोपका लागि जाँच आयोगद्वारा उनलाई सोधपुछका लागि बोलाउने कुरा पनि उठिरहेको छ । त्यो न्यायप्रणालीको स्वाभाविक प्रक्रिया हो र देशको कुनै पनि नागरिक त्यस प्रकारको कानुनी प्रक्रियाबाट बाहिर वा माथि हुन सक्दैन तर त्यसको जबाफमा एमालेका भोलेन्टियर फोर्सका कतिपय नेताले उनीहरूका कुनै नेतालाई भदौ २३ र २४ गतेको घटनाबारे बयान लिन आयोगले बोलाएमा एक लाख युवा सिंहदरबारभित्र छिर्ने धम्की दिएका छन् । बताइरहनुपर्ने आवश्यकता छैन, त्यस प्रकारको धम्कीका पछाडि ओलीलाई कुनै पनि जाँचबुझ वा बयानका लागि उनलाई बोलाउने कुराका विरुद्ध अवरोध पैदा गर्नु नै हो । त्यो निश्चित रूपले फासिस्ट स्वर हो ।

    अहिले देशमा एकातिर कतिपय जेनजी नेताले त्यही प्रकारको फासिस्ट भाषामा धम्की दिने काम गरिरहेका छन् । त्यो कार्य खास गरेर जेनजीभन्दा माथि वा बाहिर रहेका व्यक्तिले नै गरिरहेका छन् । एमालेको तर्फबाट पनि त्यही प्रकारको फासिस्ट प्रतिध्वनि अगाडि आइरहेको छ । त्यस प्रकारको मुठभेडले देशलाई निश्चित रूपले अराजकताको स्थितिमा नै पुर्‍याउनेछ र त्यसप्रति नेकपा (मसाल) ले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

    नेपाली जनताले विभिन्न प्रकारका निरङ्कुश शासनका दमनकारी वा फासिष्ट कारबाही तथा विभिन्न राजनीतिक शक्तिका जबर्जस्ती वा आतङ्कवादी कार्यको दृढता र साहसपूर्वक सामना गर्दै आएको इतिहास रहेको छ । जुन बेला माओवादीले देशमा हत्या, आतङ्क, अपहरण, सर्वस्वहरणजस्ता आतङ्कवादी कारबाही गरेका थिए, त्यो बेलामा पनि हामीले उनीहरूको दृढतापूर्वक सामना गरेका थियौँ । यस प्रसङ्गमा यो कुराको उल्लेख गर्नु पनि सायद अप्रासङ्गिक हुने छैन, माओवादीको त्यस प्रकारको आतङ्कवादी कारबाहीका बेलामा केपी शर्मा ओली हाम्रो नयाँबानेश्वरस्थिति कार्यालयमा आएर घन्टौसम्म बसेर त्यस प्रकारको माओवादी कारबाहीका विरुद्ध दुखेसो पोखेका थिए । त्यो बेला नेपाली काङ्ग्रेस वा एमालेले पनि उनीहरूको त्यस प्रकारको कारबाहीको कुनै प्रतिरोध गरेका थिएनन् तर हाम्रो पार्टीले माओवादीको त्यस प्रकारको कारबाही विरुद्ध देशव्यापी रूपमा भण्डाफोर आन्दोलन सञ्चालन गरेको थियो ।

    प्युठानमा हाम्रा २२ जना कार्यकर्ताको अपहरण हुँदा हामीले त्यसका विरुद्ध व्यापक खोजतलास र भण्डाफोर आन्दोलनको सञ्चालन गरेका थियौँ । त्यस सिलसिलामा माओवादीले रोल्पाका हाम्रा कतिपय साथीको अपहरण गर्दा हामीले थबाङसम्म पुगेर आफ्नो भण्डाफोर आन्दोलन सञ्चालन गरेका थियौँ । हामीमा भएको उच्च मनोबलका कारणले हामी उनीहरूका विरुद्ध त्यस प्रकारको प्रतिरोध गर्न सफल भएका थियौँ । अहिले पनि हाम्रो त्यस प्रकारको उच्च मनोबल कायम छ । त्योभन्दा महत्त्वपूर्ण कुरा यो हो, देशमा जनतामाथिको सबै प्रकारका आतङ्क वा दमनका विरुद्ध जुधेको र त्यसका विरुद्ध सफलता प्राप्त गरेको गौरवमय इतिहास छ । त्यस प्रकारको इतिहासको बलमा सबै प्रकारका फासिष्ट वा दमनकारी कार्यका विरुद्धको सङ्घर्षमा जनताले विजय प्राप्त गर्नेछन् भन्ने कुरामाथि हामीलाई पूर्ण विश्वास छ ।

    हामी अहिले एकातिर प्रतिगमनका विरुद्ध सङ्घर्ष गरेर गणतन्त्र र धर्मनिरपेक्षतासहित जनआन्दोलनका महान् उपलब्धिको रक्षा गर्ने तथा अर्कातिर सबै प्रकारका साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणको सामना गरेर देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्ने तथा जनताका न्यायपूर्ण हितको रक्षा गर्ने महान् अभियानमा छौँ । यी उद्देश्यका विरुद्ध आउने सबै प्रकारका प्रयत्नका विरुद्ध नेपाली जनताको सङ्घर्ष लगातार अगाडि बढिरहनेछ भन्ने कुरामाथि पनि हामीलाई अगाध विश्वास छ । त्यसका लागि प्रतिगमन र साम्राज्यवादसमेत विरुद्धको सङ्घर्षमा सबै वामपन्थी, प्रजातान्त्रिक र देशभक्त शक्तिका बिचमा व्यापक एकताको लागि हामीले सबै सम्बन्धित पक्षसित अपिल गर्दछौँ ।”

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.