रवि पौडेल, पान्डिचेरी ।
पान्डिचेरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा शोकसभा सम्पन्न भएको छ ।
उत्तर टाउन एरिया समितिका सदस्य चन्द्रबहादुर लिम्बूको स्मृतिमा नोभेम्बर २३, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शोकमन्तव्य दिँदै केन्द्रीय उपाध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेलले स्मृतिशेष लिम्बूले सङ्गठनमा दिनुभएको योगदानबारे चर्चा गर्नुभयो ।
त्यस्तै अर्का अतिथि केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्माले लिम्बूको असामयिक निधनले सङ्गठनलाई ठुलो क्षति पुगेको धारणा राख्नुभयो ।
कार्यक्रममा शोकमन्तव्य राख्नेहरूमा पान्डिचेरी नगर समितिका उपाध्यक्ष गमबहादुर विक, नगर सदस्य तथा उत्तर टाउन एरिया समितिका सदस्य बलबहादुर क्षेत्री र नारायण जिसी, महिला विभागकी जमुना शर्मा र सविता विक, दक्षिण टाउन एरिया समितिका दलबहादुर पुन, मुदालियरपेट एरिया समितिका सूर्य गायक र राष्ट्रिय जनमोर्चा चितवनका भद्रबहादुर जिसी हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष गोविन्द शर्माले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव रवि पौडेलले ।