नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य बाबुराम बिस्ट मातृशोकमा पर्नु भएको छ । उहाँको आमा भुमादेवी बिस्टको ९० वर्षको उमेरमा हिजो कार्तिक २९ गते आफ्नो निवास स्थान धुर्कोट ३ हाडहाडे, गुल्मीमा निधन भएको छ ।
Advertisement
स्मृतीशेष भुमादेवी बिस्टका ५ भाई छोरा र दुई बहिनी छोरीहरू छन् । जस मध्ये जितेन्द्र बिस्ट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिका पूर्व अध्यक्ष र बाबुराम बिस्ट हाल केन्द्रीय सदस्य एवं बुहारी नमकला बिस्ट फरीदाबाद महिला नगर विभाग सदस्य हुनुहुन्छ ।
यसै बिच केन्द्रीय अध्यक्ष प्रेम पौडेलले एक शोक वक्तव्य जारी गरी सिंगो संगठनको तर्फदेखि श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
