• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीका अगाडि यस्ता छन् संवैधानिक विकल्प (अन्तर्वार्ता)


  •   आइतबार, असार २१, २०७७ मा प्रकाशित
  • अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेकपाको जारी स्थायी समिति बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका छन् । तर, ओलीले राजीनामा नदिने अडान मात्रै लिएका छैनन् । भारतको योजना अनुसार आफूलाई हटान खोजिएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्रीबाट आफूलाई हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको भन्दै त्यसको डटेर सामना गर्ने बताइरहेका छन् ।

    Advertisement

    यदी पार्टीले ओलीलाई प्रधानमन्त्रीबाट हट्न निर्देशन दियो र ओलीले त्यसको अवज्ञा गरे भने त्यसबाट के कस्तो संवैधानिक जटिलता उत्पन्न हुन सक्छ, ओलीले कस्ता विकल्पहरु प्रयोग गर्न सक्छन् वा राजनीति कसरी अगाडि बढ्ला भन्ने जनचासो यतिबेला ब्याप्त छ । यिनै विषयलाई लिएर हामीले अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकासँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ, अधिवक्ता रोकासँग गरिएको कुराकानीको अंश ।

    अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । तर ओलीले राजीनामा नदिने अडान लिएका छन् । यस्तो अवस्थामा संवैधानिक जटिलता आउन सक्छ ?
    संवैधानिक व्यवस्थाले पार्टी भित्रको विवाद चिन्दैन । संविधानले प्रधानमन्त्रीलाई चिन्दछ । अहिले केपी शर्मा ओली संसदमा करिब दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हुन् । त्यसकारण संवैधानिक रुपमा उनीविरुद्ध संसदमा कुनै प्रस्ताव नआएसम्म नेकपा भित्रको अन्तरविरोध र झगडाले प्रधानमन्त्रीको पदलाई असर गर्दैन । पार्टीले उनलाई राजीनामा दिन निर्देशन दियो भने उनले राजीनामा दिन पनि सक्छन्, नदिन पनि सक्छन् ।

    यदी पार्टीले प्रधानमन्त्रीलाई राजीनामा दिन निर्देशन गर्यो र प्रधानमन्त्रीले राजीनामा दिन अस्वीकार गरे भने त्यो विषय संसदको बैठक पछि संसदमा प्रवेश हुन सक्छ । नेकपाबाट निर्वाचित करिब दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बनेका ओलीले पार्टी निर्देशन अवज्ञा गरे वा अर्को पार्टी गठन गरे भने उनीसँग सांसदहरुको त्यो संख्या रहँदैन । तैपनि उनको पक्षमा केही सांसदहरु हुन्छन् । त्यो अवस्थामा प्रधानमन्त्रीले आफैँ संसदमा विश्वासको मत लिन सक्छन् । अथवा सांसदहरुले उनी विरुद्ध अविश्वासको प्रस्ताव पास गरेर प्रधानमन्त्रीलाई हटाउन सक्छन् ।

    यदी प्रधानमन्त्रीले अलग पार्टी गठन गरे भने उनले अहिलेको विपक्षी दलसँग वा अन्य पक्षसँग मिलेर पनि सरकार बनाउन सक्छन् । त्यसरी सरकार बनाउन राजीनामा दिएर पनि हुन सक्छ र नदिएरै विश्वासको मत लिएर पनि बन्न सक्छ । तर, उनले विश्वासको मत (बहुमत) प्राप्त गर्न सकेनन् भने प्रधानमन्त्रीबाट हट्नेछन् र संसदले अर्को प्रधानमन्त्रीको चयन गर्नेछ ।

    अहिले प्रधानमन्त्रीले संसद विघटन गर्ने चर्चा भइरहेको छ । प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने बहस पनि चलिरहेको छ । यसको संवैधानिक व्यवस्था के छ ?
    अहिलेको अवस्थामा संसद विघटन उपयुक्त हुँदैन । कोरोनाको कहर, बाढी पहिरोको समस्या, विभिन्न विधेयकहरु छलफलका क्रममा रहेको अवस्थामा संसद विघटन भयो भने त्यसले झन् जटिल अवस्था निम्त्याउनेछ । तैपनि हाम्रो जस्तो संसदीय व्यवस्था भएको मुलुकमा प्रधानमन्त्रीले चाहेमा संसद विघटन गर्न सक्छन् । यद्यपी यो कुरा निर्विवाद नहुने भएकोले अदालत पुग्न सक्छ । संसद विघटन सही हो कि होइन भनेर सर्वोच्चले संवैधानिक परीक्षण गर्नेछ र सर्वोच्चले उपयुक्त आदेश दिन सक्नेछ ।

    हामीले विगतको अभ्यास हेर्यौं भने सर्वोच्चले संसद विघटनबारे स्पष्ट व्याख्या गरेको छ । जस्तो कि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले संसद विघटन गरेका थिए । सर्वोच्चले कोइरालाले गरेको विघटनलाई जायज ठहराएको थियो भने अधिकारीले गरेको संसद विघटनलाई मान्यता दिएको थिएन ।

    तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बहुमतीय प्रधानमन्त्री थिए । अधिकारीसँग बहुमत थिए, उनी अल्पमतको प्रधानमन्त्री थिए । सर्वोच्चले गरेको ब्याख्या अनुसार त्रिशंकु संसदको प्रधानमन्त्रीका लागि संसद बिघटन सहज हुँदैन तर बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छन् ।

    यद्यपी प्रधानमन्त्रीले जुनसुकै अवस्थामा वा उनलाई असजिलो पर्ने वित्तिकै संसदको विघटन गर्न पाउँदैनन् । यदी बर्तमान प्रधानमन्त्री ओलीले संसद विघटन गरिहाले भने पुनः सर्वोच्चले त्यसको संवैधानिक परीक्षण गर्ने नै छ ।

    प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट तथा राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउने षडयन्त्र भएको बताएका छन् । अहिलेको अवस्थामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन सक्छ ?
    राष्ट्रपतिविरुद्ध महाभियोग कसैको मनोगत आधारमा लाग्दैन । महाभियोग लगाउनुपर्ने उपयुक्त आधार देखिनुपर्छ । त्यसको संसदीय परीक्षण हुन्छ । संसदको दुई तिहाई बहुमतले राष्ट्रपतिविरुद्ध महाभियोग पास गरेमा राष्ट्रपति आफ्नो पदबाट हट्ने व्यवस्था छ । तर संवैधानिक व्यवस्था बमोजिम महाभियोग प्रस्ताव दर्ता हुन सक्छ । राष्ट्रपतिले त्यसको सामना गर्नुपर्ने हुन्छ ।

    यद्यपी अहिलेको अवस्था हेर्दा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने उपयुक्त आधार देखिँदैन । त्यो संसदको दुई तिहाई बहुमतबाट पारित हुने अवस्था पनि छैन । किनभने यदी नेकपा फुट्यो र एक पक्षले महाभियोग लगायो भने अर्को पक्षले त्यसलाई समर्थन गर्दैन र संसदमा भएका अन्य दलले पनि आफ्नो विवेक प्रयोग गर्नेछन् । त्यसले गर्दा महाभियोग सम्बन्धी प्रस्ताव आइहालेपनि त्यो पारित हुने देखिँदैन ।

    प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुने किसिमले फेरि अध्यादेश ल्याउने चर्चा चलेको छ, त्यसरी अध्यादेश ल्याउन सक्छन् ?
    सामान्यता संसद नभएको अवस्थामा वा संसदको बैठक तत्काल बस्न सक्ने अवस्था नहुँदा तत्काल कुनै कानुन आवश्यक पर्यो भने अध्यादेश मार्फत ल्याउने प्रचलन छ । त्यसरी ल्याएको अध्यादेश ६ महिना भित्र संसदले अनुमोदन गर्नुपर्ने हुन्छ । यदी अनुमोदन नगरे त्यो स्वतः खारेज हुन्छ ।

    अहिलेको अवस्थामा अध्यादेश मार्फत कानुन निर्माण गर्नु उपयुक्त देखिँदैन । किनभने संसदमा थुप्रै विधेयकहरु छलफलको क्रममा छ । तिनिहरुको निरुपण नहुँदै संसद स्थगन गरिएको छ । संसदले बिजनेश नपाएर स्थगन भएको होइन । काम हुँदा हुँदै संसदलाई स्थगन गरेर अध्यादेश मार्फत कानुन निर्माण हुनु प्रथम दृष्टिमै गलत हो ।

    अहिलेको व्यवस्था अनुसार संसदको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । त्यसकारण अबको ६ महिना भित्र संसदको अर्को अधिवेशन बोलाउनुपर्छ । यदी अहिलेको सरकारले कुनै अध्यादेश ल्यायो भने पनि ६ महिना पछि संसदले त्यसलाई अनुमोदन गर्नुपर्नेछ । प्रधानमन्त्रीले चाहे अनुसार नै संसदले अध्यादेश अनुमोदन गर्छ भन्ने छैन । (अन्तर्वार्ताः विद्यानाथ अधिकारी)

    आइतबार, असार २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.