• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सङ्घीयताले मधेसमा देखाएको रमिता


  •   बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क १० मा प्रकाशित सम्पादकीय

    Advertisement

    मधेस प्रदेशमा सरकार गठनको सन्दर्भमा गतिरोध उत्पन्न भएको छ । यहाँसम्म कि उपचारका लागि काठमाडौँ हिँडेका प्रदेशप्रमुखले बिचबाटो बर्दिबासमा नयाँ मुख्यमन्त्रीलाई शपथ खुवाएका छन् । त्यसपछि मात्रै उनी उपचारका लागि काठमाडौँ पुगे । यता, उक्त सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उक्त निर्णयको विरोधमा जनकपुरमा तोडफोड भएको छ । सांसदहरू नै नयाँ मुख्यमन्त्रीलाई प्रदेशसभामा प्रवेश गर्न नदिन दलबलसहित उभिएका छन् ।

    सङ्घीयताले नेपालमा देखाएको रमिताको यो पछिल्लो जात्रा हो । पछिल्लो उदाहरण मधेस प्रदेश बनेको मात्रै हो, सबै प्रदेशमा सरकार परिवर्तनमा चरम अस्थिरता देखा परेको छ । पाँच वर्षको अवधिमा पटक पटक सरकार बदलिनु प्रदेशको हकमा नयाँ विषय नरहे पनि अहिले मधेस प्रदेशमा भने प्रदेशसभा नै विघटन हुने हो कि भन्ने स्थिति देखा परेको छ । ठिक यही प्रकारको अवस्था नरहे पनि अन्य प्रदेशमा स्थिति उस्तै छ । कोशीमा यस खालका राजनीतिक जात्रा पटक पटक सञ्चालन हुने गरेको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश पनि कम्ता छैनन् ।

    नेपालमा राजनीतिक अस्थिरता पुरानो रोग रहिआएको छ । केन्द्रीय व्यवस्थापिकामा नै राजनीतिक अस्थिरता महारोग बनिसकेको छ । अहिले प्रतिनिधिसभामा दुई ठुला दलले सरकार बनाएर २०८४ सालसम्म सरकार सञ्चालन हुने दाबी गरेको भए पनि जेनजी आन्दोलनका कारण देश फेरि एकपटक मध्यावधि निर्वाचनतर्फ सोझिएको छ । यसरी राजनीतिक अस्थिरता विशुद्ध देशी नभएर विदेशी चासोको विषय बनेको देखिन्छ । जेनजी आन्दोलनमा देखा परेको अमेरिकी चलखेललाई आधार बनाउँदा नेपालको राजनीतिक अस्थिरतामा अमेरिकी चाहना व्यक्त भएको बुझ्‌न गाह्रो छैन । यता, प्रदेशमा देखा परेको राजनीतिक अस्थिरताका पछाडि भने बाह्य शक्तिसम्म पुग्नैपर्दैन, देशका राजनीतिक दलहरूको सत्तालोलुपता नै यसका लागि पर्याप्त छ । २०७४ सालयताको समयले प्रदेशमा सङ्घीयताले प्रशस्त मात्रामा यस्ता रमिता देखाइसकेको छ ।

    नेपाल भौगोलिक रूपमा सानो छ । आर्थिक रूपमा दुर्बल छ । विभिन्न जातजातिको मिस्रित बसोबास छ । त्यस्तै देश अझै सार्वभौम चरित्रमा कायम हुन सकिरहेको छैन । यस्तो अवस्था रहेको नेपालका लागि सङ्घीयता उचित शासन प्रणाली होइन भनेर नेकपा (मसाल)र राष्ट्रिय जनमोर्चाले भन्दै आइरहेका छन् । आफ्‌नो यस मतको पक्षमा राष्ट्रिय जनमोर्चाले संविधान निर्माणको बेलादेखि नै फरक मत राख्दै आइरहेको छ । अहिले प्रदेशसभाले समेत मसाल र राजमोको उक्त विश्लेषणलाई सही साबित गरिरहेका छन् । नेपालमा उत्पीडित जातजातिहरू कुनै एक स्थानमा घना स्वरूपमा बसोबास गरिरहेका छैनन् । बढीमा केही जिल्लामा मात्रै कुनै एक जातिको घना बसोबास छ अर्थात् पिछडिएका जातजातिको सार्वभौम अधिकार दिने गरी देशमा सङ्घीय संरचना कायम हुने अवस्था छैन, बढीमा हालको पालिकास्तरमा स्थानीय स्वायत्त शासन दिन सकिएला । मसाल र राजमोको यस्तो धारणाले पर्याप्त राजनीतिक समर्थन पाउन सकिरहेको छैन ।

    अहिले जुन देशभरिमा सातओटा प्रादेशिक संरचना बनेको छ, त्यसलाई धान्न देशलाई धौ धौ परिरहेको अवस्था छ किनकि कुनै पनि प्रदेश आत्मनिर्भर छैनन् । सङ्घीय सरकारले पठाएको बजेटकै आधारमा त्यहाँका सरकार सञ्चालन हुने गरेका छन् । त्यसमाथि प्रत्येक प्रदेशको सरकार केही महिनामा परिवर्तन भइरहँदा देशको विकास निर्माण प्रभावित हुन पुगेका छन् । हालसम्म गठन भएका सबै सरकारले देशलाई आर्थिब बोझ बोकाइदिएका छन् । सङ्घीयताकै कारण प्रशासनिक खर्च कैयौँ गुणा बढेर गएको छ । त्यसको परिणाम विकास, निर्माण कुण्ठित भएका छन् । यस्तो अवस्थामा सङ्घीय संरचनाअन्तर्गतको प्रादेशिक ढाँचा अविलम्ब खारेज गरिनुपर्दछ । स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर त्यसलाई संयोजन गर्न प्रादेशिक एकाइ स्थापना गरिनुपर्दछ ।

    बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.