• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भनेः राष्ट्रपति र मेराविरुद्ध ठुलो षडयन्त्र भइरहेको छ, तपाइँहरु कित्ता क्लियर गर्नुस्


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिविरुद्ध ठुलो षडयन्त्र भएको दाबी गर्नुभएको छ । शनिबार साँझ अकस्मात मन्त्रिपरिषदको बैठक बोलाएर प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने तथा आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने षडयन्त्र भइरहेको बताउनुभएको हो ।

    Advertisement

    प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने भन्दै आफ्नो पोजिसन क्लियर गर्न निर्देशन दिएको एक मन्त्रीले बताए ।

    ‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ?’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक मन्त्रीले भने, ‘आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस् ।’

    प्रधानमन्त्रीले आफ्नो कुरा राखेपछि बैठकमा मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल, पार्वत गुरुङ लगायतले बोलेका थिए । मन्त्रीहरुले पार्टी बैठक र संसदीय दलबाटै निकाश खोज्नुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएको ति मन्त्रीले बताए ।

    उनीहरुले मुख खोल्नुपर्ने अवस्था आएमा आफूहरुले आफ्नो कित्ता क्लियर गर्ने पनि बताएका थिए । यसको अर्थ अब प्रधानमन्त्रीलाई समर्थन नगर्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिने सम्भावना देखिन्छ ।

    पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गर्नुभएको हो । यसअघि प्रधानमन्त्रीले शनिबार साँझ शितलनिवासमा राष्ट्रपतिसँग भेटघाट गर्नुभएको थियो । राष्ट्रपतिसँगको भेटमा ओलीले पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको अनुमान गरिएको छ ।

    यता, ओली इतर नेताहरुले आजै छुट्टै भेला गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा नेकपा सचिवालयका ६ जना सदस्यले छुट्टै भेला आयोजना गरेका हुन् । ओलीसँग अब कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न दाहालसहित सचिवालयका ६ जना साँझ दाहालकै निवास खुमलटारमा भेला भएका हुन् । अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा भेलामा सहभागी थिए ।

    नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल मात्र ओलीको पक्षमा छन् । आपसी अविस्वास र द्वन्द्व बढ्दै गएपछि नेकपाको जारी स्थायी समिति बैठक आजको लागि स्थगित गरी सोमबारका लागि तय गरिएको छ ।

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.