हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला आज आईतबार नोबेम्बर ९, २०२५ मा सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति हिसारले अक्टूबर २२, २०२५ को दिन भैलो कार्यक्रम सम्पन्न गरेको थियो ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेले मोमबत्ती जलाएर उद्घाटन गर्नु भएको थियो । समारोहलाई सम्वोधन गर्दै देउसी भैलो कार्यक्रम कलाको लागि मात्र नभएर कला समाज या मानवताको लागि अर्थात परिवर्तनको लागि भन्नु भएको थियो ।
सोमरेले हिसारमा सम्पन्न कार्यक्रम सांस्कृतिक विभागका कलाकारहरूले खेलेको भूमिकाको खुब प्रसंसा गर्नुभएको थियो ।

समारोहमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर, क्षेत्रीय सदस्य ओम प्रकाश तिवारी, महिला क्षेत्रीय सदस्य सेती राना, नगरका नन्द बहादुर लम्तरी, विद्यार्थी संघकी लक्ष्मी रास्कोटी, सांस्कृतिक विभागकी दिपा लम्तरी, जनजाति विभागका मनबहादुर घर्तीमगर, महिला विभागका दुर्गा शर्मा लगाएतको आथित्यता रहेको थियो ।
कार्यक्रममा सम्वोधन गर्ने अन्य वक्ताहरूमा सिटि ए का रामु शर्मा, सिटि बि का कमला बगाले, इन्ड्रष्ट्रीय एरियाका चन्द्र प्रकाश गैरे लगाएत हुनुहन्थ्यो ।
कार्यक्रम विष्णु गौतमको सञ्चालनमा तथा बाबुराम पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत नारायण विक र सांस्कृतिक कलाकारहरूले गर्नुभएको थियो ।


