कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा भारतस्थित नेपालीहरूको अभिभावकिय सङ्गठन मूल प्रवाहको ४७औँ स्थापना दिवश मनाइएको छ ।
Advertisement
क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष भद्रबहादुर थापाको अध्यक्षता र नगर सचिव डिलबहादुर रानाको सञ्चालनबाट अगाडि बडेको कार्यक्रममा कार्यक्रममा सहभागिहरूलाई देबि रिजाल अधिकारीले उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय वैकल्पिक सदस्य तथा दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य मनोज जिसी, रक्तिम सांस्कृतिक विभागबाट सम्झना श्रीस थापाको अतिथ्यता तथा मन्तव्य दिनुभएको थियो ।