कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा देउसीभैलो कार्यक्रम सम्पन्न पारिएको छ ।
Advertisement
चन्द्रप्रसाद पौडेलको सञ्चालन र प्रेम बहादुर हमालको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा दक्षिण भारत क्षत्रीय समितिका सदस्य बिरे थापा र मिना हमाल, बिद्यार्थी बिभाग केन्द्रीय समितिबाट कस्तुरी थापा, निलगिरी नगर समितिको तर्फबाट टेकबहादुर विक र दक्षिण भारत क्षेत्रीय महिला विभागबाट तर्फबाट रुपा थापाहरू लगायतको आतिथ्यता रहेको थियो ।
सहिदहरूप्रति १ मिनेट मौनधारण पश्चात कार्यक्रममा उपस्थित जनसमुदायहरूलाई रक्तिम कलाकारहरूले र नगर समितिका जमुना पौडेलले स्वागत गर्नुभएको थियो ।