खिमराज चालिसे ###
चंडिगढ । भारतको हिमाचल राज्यको किन्नौरमा सम्पन्न किन्नौर महोत्सव समारोहमा हिजो शनिबार ०१ नोबेम्बर २०२५ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रक्तिम साँस्कृतिक अभियानका गित र नृत्यको प्रस्तुती दिएको छ ।
भारतको हिमांचल राज्यको किन्नोर जिल्ला स्थित रिकांगपिओमा आयोजित समारोहमा गित तथा नृत्य प्रस्तुत गर्न मूल प्रवाहलाई प्रशासनले निमन्त्रणा दिएको आधारमा प्रस्तुती दिईएको हो।
रक्तिम साँस्कृतिक अभियानका थुमराज ढुंगानाको रचना शब्द र लय ….. संयोजन रहेको “ए साथी” र नविन वस्यालको रचना शब्द …. लय ….. संयोजन रहेको “फर्कौ अब स्वदेशमा हामी” नामक प्रगतिशिल गितमा रिकांगपिओका नेपाली बालीकाहरू नेन्सी, प्रिनसी, मेघा, नन्दिता र वर्षाले नृत्य प्रस्तुती दिएका थिए ।
दुईबटा रक्तिम श्रष्टाहरूका गितहरू मूल प्रवाह रिकांगपिओको रोजाईमा परेको राज्य समितिका सहसचिव मिथुन सिंहले जानकारी दिनु भएको छ ।
राज्य समितिका सहसचिव मिथुन सिंह, नगर अध्यक्ष गोपाल जंग शाही लगायत दर्जनौ नेता कार्यकर्ताहरूको उपस्थित रहेको सो समारोहमा नेपाली साँस्कृतिक टिमलाई पुरस्कृत समेत गरिएको थियो ।
मूल प्रवाह रिकांगपिओले भारतको ७५औँ र ७६ औँ गणतन्त्र दिवस समारोहमा पनि नेपाली गित तथा नृत्य प्रस्तुत गरेको थियो ।