• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था


  •   बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
  • मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ ।

    Advertisement

    मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत थोराङ्ला भञ्ज्याङको पदयात्रामा आएका पर्यटक यात्रामा असहज भएपछि फर्किन थालेका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आज बिहानैदेखि सडकमा थुप्रिएको हिउँ हटाएपछि पर्यटक फर्कन थालेका छन् ।

    उहाँले भन्नुभयो, ‘तिलिचो आधार शिविर (बेसक्याम्प)बाट सोमबार साँझ फर्किएका पर्यटक भने खाङ्सारमै बसेका छन् ।’ काठमाडौँबाट तिलिचो ताल जान आएका पर्यटक शिवराज घिमिरेले खाङसार आइपुग्नेबित्तिकै हिमपात भएको र तालसम्म पुग्न नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “खाङ्सार आइपुगिएको छ, यहाँ आइपुग्नेबित्तिकै हिमपात भयो, हिमपातका कारण हामी माथि तालसम्म पुग्न सकेनौँ ।”

    मौसम अनुकूल बन्दै गए पनि माथिल्लो क्षेत्रको यात्रा नगरी फर्कने तयारी गरिरहेका घिमिरेले बताउनुभयो । खाङ्सारदेखि तल्लो क्षेत्र र माथि तिलिचोतर्फ मौसम विस्तारै खुल्दै गएको उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै मकवानपुरबाट तिलिचो तालको पदयात्रामा आउनुभएका मोहन ढकालले भन्नुभयो, ‘तिलिचो आधार शिविरबाट फर्किएर हुम्देमा बस्यौँ, अहिले मौसममा सुधार आएपछि फर्कदैछौँ, मौसम पनि सुधार भएको छ, तर सवारीसाधन पाउन सकस भएको छ, दुईपाङ्ग्रे सवारीसाधन चलाउन सक्ने अवस्थामा छैन, यहाँका प्रशासन, स्थानीय तहलगायत सुरक्षा निकाय यात्रा सहज बनाउने प्रयासमा जुटिरहनुभएको छ ।’

    मौसमको जानकारीबिना हिमाली क्षेत्रको यात्रा सहज नरहेको उहाँको भनाइ छ ।

    होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेले तिलिचो क्षेत्रबाट झरेका झण्डै दुई सय पर्यटकलाई निजी घर, होटलका कोठा, डाइनिङलगायत ठाउँमा मङ्गलबार राति बस्ने व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातका बीच पनि व्यवस्थापन गर्दै भ्राकासम्म पर्यटक पठाएर बस्ने व्यवस्था गरिएको थियो ।

    पर्यटक आज बिहानैदेखि चामेतर्फ गएका पर्यटन व्यवसायी घ्याम्चो गुरुङले जानकारी दिनुभयो । ‘मौसम केही मात्रामा खुलेको छ, बादल हट्ने क्रममा देखिएको छ, हल्का घाम पनि देखिँदैछ’, उहाँले भन्नुभयोे, ‘केही आफ्नो मोटरसाइकलमा गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटकलाई जिपमा व्यवस्थापन गर्दै तल्लो क्षेत्रतर्फ लागेका छन्, केही भने यहीँ छन् ।’ उहाँका अनुसार थोराङ्ला पास गर्न आएका केही विदेशी पर्यटक फर्किएका छन् । हालसम्म माथिल्लो मनाङ गाउँबाट एक सय ५० जति पर्यटक फर्किएको उहाँले बताउनुभयो ।

    जिल्ला विपद व्यवस्थापन समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौड्यालले हिमपातमा फसेका पर्यटकको उद्धारमा जिल्लामा उपलब्ध भएका सवारीसाधनको उपयोग गरी गन्तव्यतर्फ जाने वातावरण बनाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौसममा सुधार आएपछि एक्साभेटरले काम गर्न र यात्रामा सहज बन्दै गएको छ, दुईपाङ्ग्रे सवारीसाधनलाई यात्रामा सुरक्षित भएर सञ्चालन गर्न सुझावसहित हिँड्न दिएका छौँ ।’

    फर्कनका निम्ति अप्ठ्यारोमा परेका पर्यटकलाई चामेसम्म निजी, सार्वजनिक तथा सरकारी सवारीसाधनको उपयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो । सडक सञ्चालनका लागि जिल्ला प्रशासन, स्थानीय तहलगायत सबै लागिपरेका छन् । अधिकांश स्वदेशी पर्यटक दुईपाङ्ग्रे सवारीसाधन खाङ्सारसम्म आउने र पदयात्रामार्फत तिलिचो ताल जाने गर्दछन् । विदेशी पर्यटक भने पदयात्रामा रमाउने भएकाले सुरक्षित अवस्थामा रहेका छन् । दुईपाङ्ग्रे सवारीसाधन हिउँबाट निकालिएका छन् । नवीन लामिछानेररासस

    बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.