मेघराज रिष्मेली, टोकियो ।
Advertisement
जापानको चिबा प्रिफेक्चरस्थित फुनाबासी सहरको एक होटलमा मृत भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या भएको पुष्टि भएको छ ।
गत अक्टोबर ५, २०८२ का दिन चक्कु प्रहार गरी उनको हत्त्या गरेको आरोपमा चिबामै बस्ने ३२ वर्षीय जापानी युवती आसाका मामीलाई प्रहरीले आज (अक्टोबर २८) मा पक्राउ गरेको चिबा टिभीमा प्रसारित समाचारमा उल्लेख छ ।
प्रहरीले हत्याको कारण र उनीहरूबिचको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको छ ।