फरीदाबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिका कार्यकर्ता मनिराम थापाको निधन भएको छ । थापाको निधनप्रति फरीदाबाद नगर समितिका अध्यक्ष विष्णु विसीले एक बक्तव्य जारी गरी श्रद्धान्जली व्यक्त गर्नु भएको छ ।
वक्तव्यमा भनिएको छ :
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, फरीदाबाद नगर समितिका सक्रिय र इमानदार नगर सदस्य स्व. मनिराम थापा जीको असामयिक निधनले सम्पूर्ण नेपाली समाज शोकाकुल बनेको छ ।
दशैं–तिहार मनाउन स्वदेश गएका क्रममा अचानक अस्वस्थ भई उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा २०८२ साल कार्तिक ५ गते उहाँको निधन भएको दुःखद् समाचारले हामीलाई स्तब्ध बनाएको छ ।
स्मृतिशेष थापा एक मिलनसार, सहयोगी र समाजसेवी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले श्रीमती, एक छोरा र एक छोरी सहितको परिवारलाई छोडेर जानु भएको छ। यस दुःखद् घडीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, फरीदाबाद नगर समितिको तर्फबाट स्मृतिशेष थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।”