काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या १४ हजार ४६ पुगेको छ ।
Advertisement
बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।
आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन् ।