लोकेन्द्र पौडेल (दक्षिण भारत)
Advertisement
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा सुरेश परियारको दाहसंस्कार गरिएको छ । परियारको अक्टोबर २३, २०२५ का दिन निधन भएको थियो ।
उनी तामेलनाडुको चंगलपेटस्थित सरकारी अस्पतालमा उपचारको सिलसिलामा मृत्यु भएका स्वर्गद्वारी ९ नारीकोट निवासी जुठे दमाईका बर्ष २९ का छोरा हुन् । मृतक परियारको अक्टोबर २४, २०२५ का दिन चेन्नई ईन्जमबाक्कम स्थित शंसानघाटमा अन्त्यष्टी गरिएको छ ।
उनको अन्त्यष्टीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय सदस्य ओमाकान्त शर्मा, चेन्नई पुर्व नगर समितिबाट खेम पाठक लगायत विभिन्न संगठनका कार्यकर्ता र आफन्तहरूको बाक्लो उपस्थिति रहेको थियो ।

