उद्धब मगर
दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रीय समितिद्वारा आयोजित प्रगतिशिल देउसी भैली कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम समाजका महासचिब मिनराज पुन मगरको सञ्चालन तथा अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षताबाट अगाडि बढेको थियो ।
कार्यक्रममा अन्तर्रास्ट्रिय नेपाली एकता समाजका सल्लाहकार खिम बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो । यस्तैगरी कतार नेपाली एकता समाजका सचिब बलदेब राना मगर, केन्द्रीय सदस्य सत्य बहादुर पुन मगर, महिला बिभाग सदस्य हिरा शर्मा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष बिमल भुसाल, नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष अर्जुन पौडेल, बागमती प्रदेश समन्वन समितिका अध्यक्ष ललित कुमार तामाङ, रामेछाप सेवा समाजका उपाध्यक्ष आशिस मोक्तान, इटाली रेस्टुरेण्टका सञ्चालक मिलन पौडेल, युग दर्शन साप्ताहिकका प्रवास रिपोर्टर उद्धब मगरले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो ।
सहिदहरूप्रती १ मिनेट मौनधारण पछि कार्यक्रममा उपस्थिती सहभागिहरूलाई समाजका केन्द्रीय सदस्य चेतन बञ्जाडेले आफ्नो मन्तब्यद्वारा स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि खिम बुढा मगरले पानसमा दियो प्रज्वलन र ब्यानर खोलेर देउसीभैलो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कतारमा एकता समाजको महत्व र यसले कतार प्रवासमा गर्दै आएका विभिन्न कार्यक्रमहरू एवं निर्वाह गर्दै आएको भुमिकाका बारेमा प्रमुख अतिथि बुढा मगरले प्रकाश पार्नुभएको थियो ।

त्यस्तै समाजका सचिब बलदेब राना मगर र महिला बिभागका संयोजक हिरा शर्माले कतार प्रवासमा रहनुभएका प्रवासी नेपालीहरूलाई कतार नेपाली एकता समाजमा आबद्ध हुन समेत आव्हान गर्नुभएको थियो ।
कार्यक्रमको बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले बेजोड अभिनय प्रस्तुत गरेका थिए ।