भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा २ दिने प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
Advertisement
नगर उपाध्यक्ष राम बहादुर थापाको सञ्चालनमा अक्टोबर २० र २१ तारिखमा २ दिनसम्म खेलिएको उक्त कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष नारायण शर्माले गर्नु भएको थियो । देउसीभैलो कार्यक्रममा महिला विभाग, विद्यार्थी विभाग साथै भिवाडी धारुहेडाबाट उल्लेख्य रुपमा जनसहभागिता रहेको थियो ।
उक्त कार्यक्रम मार्फत नेपाली जनताको घर दौलोमा पुगि जनचेतना फैलाउने काम भएको थियो । दुई दिनसम्म भएको उक्त कार्यक्रम अत्यन्त अनुशासन रुपमा सम्पन्न भएको थियो भने कार्यक्रमको समापन नगर अध्यक्ष नारायण शर्माले गर्नु भएको थियो ।