काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । नेपाली कांग्रेसको तर्फबाट समानुपालितक सांसद छन्त्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको कांग्रेसले जनाएको छ ।
Advertisement
बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन्।
उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।