• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

लुभ्र सङ्ग्रहालयमा अमूल्य शाही गहना चोरी, फ्रान्सेली प्रहरीद्वारा तीव्र खोजी सुरु


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • पेरिस । फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठवटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरहरूको खोजी तीव्र बनाएको छ ।

    Advertisement

    अधिकारीहरूका अनुसार करिब ६० जना अनुसन्धानकर्ताको टोली उक्त घटनामा संलग्न आपराधिक गिरोहको सुराकीका लागि खटिएको छ । प्रारम्भिक अनुसन्धानले यो चोरी एक सङ्गठित अपराध समूहद्वारा योजनाबद्ध रूपमा गरिएको सङ्केत गरेको छ ।

    फ्रान्सका न्यायमन्त्री जेराल्ड डार्मानिनले सोमबार लुभ्र सङ्ग्रहालयको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै भन्नुभयो, “हामी असफल भयौँ भन्ने निश्चित छ । किनभने कसैले पेरिसको बीचमा नै केही मिनेटभित्र अमूल्य गहना लुट्न सके र यसले फ्रान्सको छविलाई गम्भीर असर पुर्‍याएको छ ।”

    यसैबीच, गृहमन्त्री लरेन्ट नुनेजले पनि हालै फ्रान्सका अन्य सङ्ग्रहालयहरूमा भएका डकैतीहरूलाई स्मरण गर्दै स्वीकार गर्नुभयो, “सङ्ग्रहालयहरूमा सुरक्षाको अवस्था हाम्रो प्रमुख कमजोरी बनेको छ ।”

    अनुसन्धानका अनुसार, चोरहरूको टोली आइतबार बिहान ९ः३० देखि ९ः४० बजेसम्म (०७३०–०७४० जिएमटी) सङ्ग्रहालयमा प्रवेश गरेको थियो । उक्त सङ्ग्रहालय जनसाधारणका लागि बिहान ९ बजे मात्र खुलेको थियो ।

    उनीहरूले शाही सङ्ग्रहहरू प्रदर्शनमा राखिएको ‘अपोलो ग्यालरी’ मा प्रवेश गर्नका लागि मुभरहरूले प्रयोग गर्ने जस्तै विस्तारयोग्य सिँढी भएको ट्रक प्रयोग गरेका थिए । त्यसपछि उनीहरूले झ्याल काटेर भित्र पस्न र डिस्प्ले केसहरू फोड्न उपकरणहरूको प्रयोग गरेका थिए ।

    सङ्ग्रहालयमा रहेका एक आगन्तुकले मोबाइल फोनमा खिचेको छोटो भिडियो क्लिप फ्रान्सेली समाचार माध्यमहरूले प्रसारण गरेका छन् ।

    मास्क लगाएका चोरहरूले १९औँ शताब्दीका नौवटा गहना चोरी गरेका थिए । तिनमा महारानी युजेनीको मुकुट समेत रहेको थियो । भाग्ने क्रममा उनीहरूले मुकुट खसाल्दा क्षति पुगेको बताइएको छ । लुभ्रको वेबसाइटका अनुसार उक्त मुकुटमा एक हजार ३५४ वटा हीरा र ५६ वटा पन्ना जडित छन् ।

    संस्कृति मन्त्रालयका अनुसार चोरीमा आठवटा ‘अमूल्य’ गहना हराएका छन्, जसमा नेपोलियनले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई दिएको पन्ना र हीराको हार पनि समावेश छ । चोरी भएका अन्य वस्तुहरूमा महारानी युजेनीको अर्को मुकुट र फ्रान्सकी अन्तिम रानी मेरी–एमेलीको हार पनि रहेको छ, जसमा आठ नीलम र ६३१ हीरा छन् ।

    सम्पूर्ण चोरी प्रक्रिया करिब सात मिनेटमै सम्पन्न भएको र सम्भवतः ‘विदेशी’ अनुभवी टोलीले सञ्चालन गरेको बताइएको छ । सङ्ग्रहालयका कर्मचारीहरूले तत्काल हस्तक्षेप गरेपछि चोरहरूले केही उपकरण त्यहीँ छोडेर भागेका थिए ।

    प्रसिद्ध लिलामी गृह ड्रुटका अध्यक्ष अलेक्जान्ड्रे गिकेलोले भन्नुभयो, “यी चोरी भएका गहनाहरूलाई हालको अवस्थामा बेच्नु लगभग असम्भव छ ।”

    यो घटना सन् १९९८ पछि लुभ्रबाट भएको पहिलो ठूलो चोरी हो । त्यसबेला चित्रकार क्यामिली कोरोटको चित्र हराएको थियो ।

    सङ्ग्रहालयहरूको कमजोर सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ । आलोचकहरूले सङ्ग्रहालयहरूलाई ‘बैंकभन्दा पनि कम सुरक्षित’ भएको भन्दै सरकारप्रतिको असन्तुष्टि व्यक्त गरेका छन् ।

    गत महिनामात्रै अपराधीहरूले पेरिसको प्राकृतिक इतिहास सङ्ग्रहालयबाट करिब सात लाख डलर मूल्यको सुनको नमूना र लिमोजेस सहरको सङ्ग्रहालयबाट ७६ लाख डलर मूल्यका भाँडाकुँडाहरू चोरी गरेका थिए ।

    आइतबारको लुटपाटले फ्रान्समा राजनीतिक प्रतिक्रियाहरू पनि जन्माएको छ । दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले यस घटनालाई ‘राष्ट्रका लागि असहनीय अपमान’ भन्दै सरकारको असफलताको प्रतीक बताउनुभएको छ ।

    राष्ट्रपति इमानुएल म्याक्रोनले भने सामाजिक सञ्जालमार्फत् अपराधीहरूलाई समात्न र चोरी गरिएका गहना पुनः प्राप्त गर्न ‘सबै प्रयास भइरहेको’ जनाउनुभएको छ ।

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.