• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • बेइजिङ । जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्न सोमबारदेखि चार दिने उच्चस्तरीय बैठक सुरु गरेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

    Advertisement

    विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीन अहिले सुस्त घरेलु खर्च, अचल सम्पत्ति क्षेत्रको दीर्घ सङ्कट तथा संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापारिक तनावका बीचमा रहेको छ । यस्तो अनिश्चित परिस्थितिमा सुरू भएको यो बैठकलाई अर्थविश्लेषक र राजनीतिक पर्यवेक्षकहरूले निकै महत्त्वपूर्ण रूपमा हेरिरहेका छन् ।

    केन्द्रीय समितिको यो अधिवेशनमा करिब २०० सदस्य र १७० वैकल्पिक सदस्य सहभागी रहेका छन् । पार्टीको प्रमुख नीतिगत उद्देश्य र आगामी आर्थिक रणनीतिको सङ्केतका लागि यो बैठक निर्णायक हुने अपेक्षा गरिएको छ ।

    राष्ट्रपति सी जिनपिङले बैठकको पहिलो दिन कार्य प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक र सामाजिक विकासका लागि आगामी १५औँ पञ्चवर्षीय योजनासम्बन्धी प्रस्तावहरूमा टिप्पणी गर्नुभएको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    केन्द्रीय समितिले ‘प्लेनम’ भनेर चिनिने यस्तो बैठक बोलाएको सन् २०२२ मा आफ्नो वर्तमान कार्यकाल सुरु गरेपछि यो चौथो पटक हो । आगामी पञ्चवर्षीय योजनाले सन् २०२६ देखि २०३० सम्मको अवधिलाई समेट्नेछ, जसले राष्ट्रपतिद्वारा प्रवद्र्धित प्रविधिक आत्मनिर्भरता, आर्थिक सुदृढीकरण र सैन्य क्षमताको विस्तारजस्ता मुख्य लक्ष्यहरूलाई दिशा दिनेछ ।

    बैठक यही बिहीबार समापन हुने तय गरिएको छ । त्यसपछि पार्टीले मुख्य निर्णय र निष्कर्षहरू समेटिएको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछ । उक्त दस्तावेजले आगामी मार्च महिनामा चीनको व्यवस्थापिकाबाट औपचारिक स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

    यस योजनामा राजनीतिक, आर्थिक, सामाजिक तथा वातावरणीय लक्ष्यहरू समेटिनेछ, जसले चीनको दीर्घकालीन विकास नीतिको रूपरेखा तय गर्नेछ ।

    यता, चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा देशको अर्थतन्त्र वार्षिक आधारमा ४.८ प्रतिशतले वृद्धि भएको छ । तर यो वृद्धि दर गत वर्षको सोही अवधिको तुलनामा सबैभन्दा सुस्त मानिएको छ । यसले अर्थतन्त्रमा रहेको दबाब अझ प्रष्ट पारेको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.