• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • बेइजिङ । जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्न सोमबारदेखि चार दिने उच्चस्तरीय बैठक सुरु गरेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

    Advertisement

    विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीन अहिले सुस्त घरेलु खर्च, अचल सम्पत्ति क्षेत्रको दीर्घ सङ्कट तथा संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापारिक तनावका बीचमा रहेको छ । यस्तो अनिश्चित परिस्थितिमा सुरू भएको यो बैठकलाई अर्थविश्लेषक र राजनीतिक पर्यवेक्षकहरूले निकै महत्त्वपूर्ण रूपमा हेरिरहेका छन् ।

    केन्द्रीय समितिको यो अधिवेशनमा करिब २०० सदस्य र १७० वैकल्पिक सदस्य सहभागी रहेका छन् । पार्टीको प्रमुख नीतिगत उद्देश्य र आगामी आर्थिक रणनीतिको सङ्केतका लागि यो बैठक निर्णायक हुने अपेक्षा गरिएको छ ।

    राष्ट्रपति सी जिनपिङले बैठकको पहिलो दिन कार्य प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक र सामाजिक विकासका लागि आगामी १५औँ पञ्चवर्षीय योजनासम्बन्धी प्रस्तावहरूमा टिप्पणी गर्नुभएको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    केन्द्रीय समितिले ‘प्लेनम’ भनेर चिनिने यस्तो बैठक बोलाएको सन् २०२२ मा आफ्नो वर्तमान कार्यकाल सुरु गरेपछि यो चौथो पटक हो । आगामी पञ्चवर्षीय योजनाले सन् २०२६ देखि २०३० सम्मको अवधिलाई समेट्नेछ, जसले राष्ट्रपतिद्वारा प्रवद्र्धित प्रविधिक आत्मनिर्भरता, आर्थिक सुदृढीकरण र सैन्य क्षमताको विस्तारजस्ता मुख्य लक्ष्यहरूलाई दिशा दिनेछ ।

    बैठक यही बिहीबार समापन हुने तय गरिएको छ । त्यसपछि पार्टीले मुख्य निर्णय र निष्कर्षहरू समेटिएको विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछ । उक्त दस्तावेजले आगामी मार्च महिनामा चीनको व्यवस्थापिकाबाट औपचारिक स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

    यस योजनामा राजनीतिक, आर्थिक, सामाजिक तथा वातावरणीय लक्ष्यहरू समेटिनेछ, जसले चीनको दीर्घकालीन विकास नीतिको रूपरेखा तय गर्नेछ ।

    यता, चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा देशको अर्थतन्त्र वार्षिक आधारमा ४.८ प्रतिशतले वृद्धि भएको छ । तर यो वृद्धि दर गत वर्षको सोही अवधिको तुलनामा सबैभन्दा सुस्त मानिएको छ । यसले अर्थतन्त्रमा रहेको दबाब अझ प्रष्ट पारेको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.