• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • गाजा सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताउनुभएको छ । उहाँका अनुसार गाजामा नौ दिनदेखि लागू भएको युद्धविराम अझै पनि प्रभावमा छ ।

    Advertisement

    इजरायली सेनाले हमासमाथि युद्धविरामको उल्लङ्घन गर्दै आफ्ना सैनिकमाथि हमला गरेको आरोप लगाउँदै गाजाको दक्षिणी क्षेत्रमा दर्जनौं हवाई आक्रमण गरेको थियो । यस्ता आक्रमणमा कम्तिमा ४५ जनाको ज्यान गएको गाजाको हमास–नियन्त्रित नागरिक सुरक्षा निकायले जनाएको छ ।

    राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो,“हो, युद्धविराम अझै पनि लागूमा छ ।”उहाँले युद्धविरामको उल्लङ्घनमा हमासको नेतृत्वको संलग्नता नरहेको सङ्केत गर्दै ‘केही विद्रोही समूह’ जिम्मेवार भएको बताउनुभएको छ ।

    “हामी चाहन्छौं कि हमाससँगको स्थिति शान्तिपूर्ण होस्,“ ट्रम्पले भन्नुभयो,“तर यदि आवश्यक प¥यो भने कडा तर न्यायोचित ढङ्गले त्यसलाई समाधान गरिनेछ ।”

    गाजाका चारवटा अस्पतालहरूले एएफपीलाई ४५ जनाको मृत्यु पुष्टि गरेका छन् । तर, गाजामा सञ्चार तथा पहुँचमा कठिनाइका कारण यस्ता विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने एएफपीले जनाएको छ ।

    इजरायली सेनाले भने आफूहरूले युद्धविरामको पालना गरिरहेको तर कुनै पनि उल्लंघनप्रति कठोर प्रतिक्रिया जनाउने जनाएको छ । हमासले भने आरोपहरू अस्वीकार गर्दै इजरायलले युद्ध पुनः सुरु गर्ने बहाना बनाएको दाबी गरेको छ ।

    सुरक्षा अधिकारीहरूले युद्धविरामको उल्लंघनको कारण देखाउँदै इजरायलले गाजामा राहत सामग्री प्रवेश अस्थायी रूपमा रोकिएको बताएका छन् । यसअघि पनि युद्धकालमा राहत रोकिँदा मानवीय सङ्कट गहिरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको थियो ।

    गाजाको मध्य भागस्थित अल–बुरेज शिविरमा बस्ने अब्दुल्ला अबु हसनिनले भन्नुभयो,“स्थिति फेरि युद्ध सुरु भएकोजस्तै देखिन्छ । हामीले शान्ति सम्झौता कायम रहोस् भन्ने आशा गरेका थियौं, तर इजरायलले कुनै सम्झौताकै सम्मान गर्दैन ।”

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले खाडी मुलुकहरूलाई हमासलाई निशस्त्र बनाउने सुरक्षा संरचना निर्माणमा भूमिका खेल्न आह्वान गरेका छन्, जुन युद्धविराम सम्झौताको एक महत्वपूर्ण बुँदा हो ।

    राष्ट्रपति ट्रम्पको २० बुँदे शान्ति योजनाअनुसार इजरायली सेनाले तथाकथित ‘यलो लाइन’ भन्दा पछाडि फौज हटाएको छ, जसले गाजाको झन्डै आधा भाग अझै पनि इजरायली नियन्त्रणमा रहेको जनाइएको छ ।

    हमासले २० जना बाँचेकाहरूलाई इजरायललाई फिर्ता गरिसकेको छ र बाँकी मृतकहरूका शवहरू पनि क्रमशः फिर्ता गरिँदैछन् । इजरायलले आइतवार १५ जना प्यालेस्टिनीको शव फिर्ता गरेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसले हालसम्म फिर्ता गरिएका शवको सङ्ख्या १५० पुगेको बताएको छ ।

    सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट सुरु भएको युद्धमा अहिलेसम्म गाजामा ६८ हजार १५९ भन्दा बढीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले ती तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.