लोकेन्द्र पौडेल, चेन्नै ।
चेन्नैमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाहका पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा अक्टोबर १९, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले मैनबत्ती बालेर गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले भारतमा छरिएर रहेका आम प्रवासी नेपालीको आफ्नो संगठन भनेको नै मूल प्रवाह अभएकाले यसको झन्डामुपन एकताबद्व हुन आह्वान गर्नुभयो ।

कार्यक्रम सफलताको शुभकामना दिदै विशिष्ट अतिथि केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्माले सन् १९५० को नेपाल–भारत सन्धिले गर्दा नै नेपालीहरू भारतीय भूमिमा पसिनाले पैसा साट्न बाध्य भएको बताउनुभयो ।
सो अवसरमा केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा र क्षेत्रीय सदस्य नेत्रलाल शर्माले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य काशीराम शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय समितिका सदस्यहरू खगराज आचार्य, गोपाल विक, ओमकान्त शर्मा र डिलबहादुर जिएम, क्षेत्रीय महिला विभागका चन्द्रिका पौडेल, क्षेत्रीय समता विभागका दयाराम विक, क्षेत्रीय जनजाति विभागका शशिराम थापा, क्षेत्रीय विद्यार्थी विभागका मिलन आचार्य र नेल्लोर नगर समितिका लक्षुमन सुनारको आतिथ्य रहेको थियो ।
क्षेत्रीय सचिवालय सदस्य तथा चैन्नै पश्चिमका अध्यक्ष बुद्विराम पौडेलको अध्यक्षता र क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर कोषाध्यक्ष कोटिप्रसाद पोख्रेलको सञ्चालनमा अघि बढेको अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई क्षेत्रीय सदस्य सूर्यप्रसाद भुसालले शब्दबाट र सांस्कृतिक विभागका कलाकारद्वारा स्वागत गरिएको थियो ।
