• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

“हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन”


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • गाजा सिटी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेटन्याहुले शनिबार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताउनुभएको छ ।

    Advertisement

    उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले दुईजना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ ।

    प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती शवहरू रेडक्रसको टोलीले ग्रहण गरी इजरायली सेनालाई हस्तान्तरण गरिएको हो । त्यसपछि ती अवशेषहरूको पहिचानका लागि इजरायल लैजाने तयारी गरिएको छ ।

    युद्धविराम कार्यान्वयनमा चुनौती

    युद्धविरामको पहिलो चरण कार्यान्वयन भइरहे पनि बाँकी शवहरूको फिर्ती प्रक्रिया ढिलो हुँदै गएको छ । इजरायलले राफा नाका खोल्ने निर्णय शव फिर्तीमा भएको प्रगतिसँग जोडेको छ ।

    नेटन्याहुले भन्नुभयो,“युद्ध अन्त्यका लागि दोस्रो चरण पूर्णरूपमा कार्यान्वयन हुनु आवश्यक छ । यसमा हमासले हतियार छोड्नु र गाजालाई असैन्य बनाउनु अनिवार्य छ । यो प्रक्रिया सहज या जटिल जुनसुकै भए पनि, सम्पन्न गरिनेछ ।”

    राफा नाका बन्द

    इजरायली प्रधानमन्त्रीको कार्यालयले राफा नाका अर्को सूचना नभएसम्म बन्द नै राखिने जनाएको छ ।

    “हमासले बाँकी बन्धकहरूको शव फिर्ता गर्ने र सम्झौताका अन्य बुँदाहरू कार्यान्वयन गर्ने कुराको आधारमा मात्र नाका खोल्ने निर्णय गरिनेछ,” वक्तव्यमा उल्लेख गरिएको छ ।

    हमासले भने नाका बन्द रहनुले शवको खोजी र हस्तान्तरणमा ढिलाइ गराउने भन्दै चिन्ता व्यक्त गरेको छ ।

    मानवीय अवस्थाको गम्भीरता

    संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक टम फ्लेचर शनिबार गाजाको उत्तर क्षेत्रमा पुगेका थिए । उहाँले भन्नुभयो,“यस क्षेत्रमा पुगेपछि देखिएको विनाश हृदयविदारक छ । यो क्षेत्र लगभग पूर्ण रूपमा उजाड भइसकेको छ ।”

    उहाँले बताए अनुसार, युएन र अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी ६० दिनमा दैनिक एक लाखभन्दा बढी भोजन वितरण गर्ने, स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने, बालबालिकालाई विद्यालय फर्काउने,हिउँदको लागि अस्थायी टेन्टहरू उपलब्ध गराउने योजनामा काम गरिरहेका छन् ।

    हिंसा अझै जारी

    गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार इजरायली ट्यांक आक्रमणबाट शाबान परिवारका (जना सदस्य ९२ पुरुष, ३ महिला, ४ बालबालिका) को मृत्यु भएको छ । अस्पतालमा आफ्ना परिवारजनको शोकमा डुबेकी उम मोहम्मद शाबानले भन्नुभयो,

    “मेरो छोरी, श्रीमान् र बच्चाहरू सबै मरे । तिनीहरूले के गल्ती गरेका थिएरु” इजरायली सेनाले भने उक्त सवारी ‘सुरक्षा रेखा नजिक आएको’ भन्दै कारबाही गरिएको जनाएको छ, तर क्षतिको विस्तृत विवरण भने दिएको छैन ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.