चण्डीगढ । गोदावरी नगरपालिका, बज्रवाराही ललीतपुर कार्यालयबाट जारी गरिएको नागरिकता नम्वर ४५०८/२१२८ भएका रुद्रप्रसाद तिमल्सेना नाम गरेका व्यक्ति भारतको अम्बाला कैंट रेलवे स्टेशनमा मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
फोटो तथा जेष्ठ नागरिक परिचय पत्रमा देखिने निज व्यक्तिलाई चिन्नुहुने महानुभावले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अम्बाला नगर समितिमा +९१७०१५२७३८६१ र पत्रकार खिमराज चालिसे+९१८९६८५०३०५० सम्पर्क गर्नुहुनका लागि विनम्र अनुरोध गरिन्छ ।