काठमाडौँ । जेनजी युवा मिरज ढुंगानाले शनिबार एभरेष्ट होटेलमा दल घोषणा गर्ने भएका छन् ।
Advertisement
उनले एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरेर दल घोषणा गर्ने जानकारी गराएका छन् ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्नेलगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।
‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौँ,’ ढुंगानाले भनेका छन् ।