• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

महाभियोग लगाइएका राष्ट्रपति राजोलिनाद्वारा मडागास्करबाट पलायनको पुष्टि


  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
  • एन्टानानारिभो (मेडागास्कर) । हप्तौँदेखि चलिरहेको विरोध प्रदर्शन र सैन्य हस्तक्षेपले देशलाई सङ्कटमा पारेपछि मडागास्करका पदच्युत राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलोपटक आफू देशबाट पलायन गरेको पुष्टि गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रपति राजोलिनाले अक्टोबर ११ र १२ तारिखको बीचमा ‘राज्य प्रमुखको जीवन विरुद्ध स्पष्ट र अत्यन्त गम्भीर धम्कीहरू’ आएको भन्दै त्यसपछि देश छोड्न बाध्य भएको बताउनुभयो । उहाँले बुधबार राति जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ, “म विदेशी यात्रामा रहेका बेला ती धम्कीहरू प्राप्त भएका थिए ।”

    एएफपीलाई पठाइएको उक्त विज्ञप्तिअनुसार राजोलिनाको भ्रमणलाई नियमित सरकारी भ्रमणका रूपमा देखाइए पनि ती धम्कीहरूका कारण उहाँले तत्काल देश त्याग गर्नुभएको हो । मिडिया रिपोर्टहरूले ५१ वर्षीया नेतालाई आइतबार फ्रान्सेली सैन्य विमानमार्फत बाहिर निकास गरिएको सङ्केत गरेका थिए ।

    राजोलिनाले सोमबार दिएको एक संक्षिप्त प्रतिक्रियामा आफू ‘सुरक्षित स्थानमा’ रहेको उल्लेख गर्नुभएको थियो तर गन्तव्य खुलाउन अस्वीकार गर्नुभएको थियो ।

    सन् २००९ मा सैन्य समर्थनसहितको आन्दोलनपछि पहिलोपटक सत्तामा पुगेका राजोलिनाले हालै राष्ट्रिय सभाले सेनासँग मिलेर आफूलाई असंवैधानिक रूपमा हटाएको आरोप लगाउनुभएको छ ।

    यता सत्ता नियन्त्रणमा लिएका सैन्य अधिकारीहरूले कर्नेल माइकल रान्ड्रियानिरिनालाई नयाँ राष्ट्रपतिका रूपमा चयन गरिएको जनाएका छन् । उहाँले शुक्रबार औपचारिक रूपमा शपथ लिने बताइएको छ ।

    पानी र विद्युत् अभावका कारण गत सेप्टेम्बर २५ देखि सुरु भएको जनआन्दोलनले रान्ड्रियानिरिनाको हस्तक्षेपलाई ‘जनताको जीत’ भन्दै स्वागत गरेको छ । उक्त आन्दोलनलाई युवा नेतृत्वको ‘जेन जेड’ आन्दोलनका रूपमा चिनिन्छ ।

    अन्तर्राष्ट्रिय समुदायले भने यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई ‘असंवैधानिक सत्ता कब्जा’ भन्दै कडा निन्दा गरेको छ भने अफ्रिकी युनियनले बुधबारदेखि तत्काल प्रभावबाट मडागास्करको सदस्यता निलम्बन गर्ने घोषणा गरेको छ ।

    माली, बुर्किना फासो, नाइजर, ग्याबोन र गिनीमा पछिल्ला वर्षहरूमा भएका सैनिक कूपछि सन् २०२० यता सैन्य शासनको चपेटामा परेका अफ्रिकाका पूर्व फ्रान्सेली उपनिवेशहरूमध्ये मडागास्कर अहिले पछिल्लो सदस्य बनेको छ ।

    बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.