• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

चीनमा क्रिस्चियन पादरी गिरफ्‌तार


  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
  • बीजिङ । चीनमा हालै ३० जना क्रिश्चियन पक्राउ परेका छन् । अधिकारकर्मीहरूले यसलाई पछिल्ला दशकहरूमा भएको सबैभन्दा ठूलो धार्मिक दमन को सुरुवातका रूपमा व्याख्या गरेका छन् । पक्राउ परेकामध्ये अधिकांश ॅजायन चर्च’ नामक भूमिगत क्रिश्चियन नेटवर्कसँग सम्बन्धित छन्, जसका संस्थापक प्रसिद्ध पादरी जिन मिंगरी हुन्।

    Advertisement

    पछिल्लो शुक्रबार पादरी मिंगरीकी छोरी ग्रेस जिन ड्रेक्सेलले सामाजिक सञ्जालमार्फत पिता सम्पर्कविहीन भएको जानकारी दिएकी थिइन् । उनले बीबीसीसँग भनिन्, “पहिले पिताले अर्को पादरी पक्राउ परेको सन्देश पठाउनुभएको थियो, केही घण्टामै आमाले भन्नुभयो— बाबुसँग सम्पर्क हुन सकेन ।” त्यसपछि परिवारले बुझ्यो— पादरी मिंगरी पनि पक्राउ परिसकेका छन्।

    चिनियाँ सुरक्षाकर्मीहरूले मिंगरीलाई दक्षिणी सहर बेइहाईबाट नियन्त्रणमा लिएर बेइहाई नम्बर २ जेलमा राखेका छन्। सार्वजनिक सुरक्षा निकायले जारी गरेको आधिकारिक नोटिसमा उनलाई “सूचना सञ्जालको अवैध प्रयोग” सम्बन्धी आरोप लगाइएको उल्लेख छ। अन्य पादरी र चर्चका सदस्यहरू पनि देशका कम्तीमा १० सहरबाट पक्राउ परेका छन्, जसमा बेइजिङ र शांघाई पनि सामेल छन् ।

    अधिकारकर्मीहरूका अनुसार चीनले पछिल्ला महिनाहरूमा भूमिगत चर्चहरू (हाउस चर्च) माथि निगरानी कडा बनाएको छ । सरकारले अनलाइन धार्मिक प्रवचनका लागि अनुमति प्रणाली लागू गरेको छ र धेरै क्रिश्चियन एपहरू प्रतिबन्धित छन्। यसैबीच, चर्च भवन भत्काउने, क्रसहरू हटाउने र धार्मिक सामग्री नियन्त्रण गर्ने अभियान पनि तीव्र बनेको छ।

    क्रिश्चियन अधिकारसमूह ल्यूक एलायन्सका संस्थापक कोरी ज्याक्सनले भने, “यो व्यापक रूपमा समन्वयित गिरफ्‌तारी हो र हामी अनुमान गर्छौं— यो सुरु मात्र हो।” अर्का एक समूह ओपन डोर्स ले भने, “जायन चर्च चीनमा सबैभन्दा परिचित भूमिगत चर्च थियो, त्यसैले सरकारले नियन्त्रण बाहिरको धार्मिक समुदायलाई चेतावनी दिन खोजेको हो।”

    पादरी मिंगरीको चर्च २००७ मा बीजिङमा स्थापना भएको थियो । सुरुमा घरमा सानो समूहबाट सुरु भएको जायन चर्च पछि देशभर ४० भन्दा बढी सहरमा फैलिएको र करिब १० हजार अनुयायी भएको अनुमान छ ।

    चिनियाँ अधिकारीहरूले भने देशमा धार्मिक स्वतन्त्रता सुनिश्चित भएको दाबी गर्दै आएका छन् । तर, विज्ञहरूका अनुसार राज्य–नियन्त्रित चर्च बाहेक स्वतन्त्र धार्मिक गतिविधि चीनमा अझै जोखिमपूर्ण बनेको छ।

    अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार, पछिल्लो गिरफ्‌तारीले चीनमा क्रिश्चियन समुदायमाथि नयाँ चरणको दमन र नियन्त्रणको लहर सुरु भएको संकेत देखाएको छ।

    बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.