• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अफगान–पाकिस्तान सीमामा भीषण लडाइँपछि युद्धविराम, नागरिकहरू घर फर्किँदै


  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
  • स्पिन बोल्दाक (अफगानिस्तान) । अफगानिस्तान र पाकिस्तानबीच पछिल्ला दिनमा भएको घातक सीमापार झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि दुवै देशबीच बिहीबार युद्धविराम लागू भएको छ ।

    Advertisement

    अफगानिस्तानको दक्षिणी सहर स्पिन बोल्दाक — हालैका झडपहरूको केन्द्र — मा अब जीवन क्रमशः सामान्य बन्दै गएको देखिन्छ । एएफपीका एक पत्रकारका अनुसार युद्धविराम लागू भएसँगै पसलहरू पुनः खुलेका छन् र बासिन्दाहरू लडाइँका कारण छाडिएका घरहरूमा फर्किन थालेका छन् ।

    पाकिस्तानले ४८ घण्टे युद्धविरामको घोषणा गर्दै यसको उद्देश्य ‘रचनात्मक वार्तामार्फत सकारात्मक समाधान खोज्ने’ भएको बताएको छ । यो युद्धविराम बुधबार साँझ ६ः०० बजे इस्लामाबाद समय (१३ः०० जिएमटी) देखि प्रभावमा आएको हो । यद्यपि, युद्धविराम सुरू भएपछि पनि सीमामा केही क्षण गोलीबारी सुनिएको अफगानिस्तानस्थित एएफपी पत्रकारहरूले जनाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई ‘नागरिकलाई थप क्षति हुन नदिन र स्थायी शान्तिका लागि प्रतिबद्ध रहन’ आग्रह गर्नुभएको छ ।

    युद्धविराम घोषणा हुनुअघि नै अफगान राजधानी काबुलमा अर्को विस्फोट भएको थियो । तालिबान सरकारले उक्त घटनाको दोष पाकिस्तानमाथि नलगाए पनि हालै भएका अन्य विस्फोटहरूमा भने इस्लामाबादको संलग्नता रहेको आरोप लगाएको थियो ।

    गत हप्ता काबुल र दक्षिणपूर्वी अफगानिस्तानमा भएका शृङ्खलाबद्ध विस्फोटपछि हिंसा तीव्र भएको थियो । तालिबान सरकारका अनुसार ती आक्रमणहरूका लागि पाकिस्तान जिम्मेवार छ । त्यसपछि तालिबान सुरक्षा निकायहरूले सीमाक्षेत्रमा प्रतिआक्रमण सुरु गरे । यसले इस्लामाबादलाई ‘कडा जवाफ’ दिने चेतावनी गर्न प्रेरित गरेको थियो ।

    काबुलका अधिकारीहरूका अनुसार शनिबारदेखि चलेको गोली हानाहानमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला हिंसात्मक घटनाहरूमा पनि नागरिकहरू घाइते भएका छन् ।

    अफगान सरकारले बुधबारको विस्फोटलाई ‘तेल ट्याङ्कर र जेनेरेटरको विस्फोटबाट भएको दुर्घटना’ बताएको भए पनि एकजना वरिष्ठ तालिबान अधिकारीले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै उक्त विस्फोट ‘इस्लामाबादद्वारा नियोजित आक्रमण’ भएको र ‘सर्वसाधारणलाई लक्षित गरिएको’ दाबी गरेका छन् ।

    यसैबीच, पाकिस्तानी सुरक्षास्रोतहरूले भने सेनाले काबुलमा ‘सटीक आक्रमण’ गरी सशस्त्र समूहहरूलाई लक्षित गरेको र दक्षिणी कान्दाहार प्रान्तमा रहेको अफगान तालिबानको आश्रयस्थलमा पनि प्रहार गरेको बताएका छन् ।

    काबुलमा बुधबार भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३५ जना घाइते भएको इटालियन गैर–सरकारी संस्था इमर्जेन्सीले जनाएको छ । “हामीले घाइतेहरू बोकेका एम्बुलेन्सहरू लगातार पाउँदै थियौँ र हाम्रो अस्पतालदेखि केही किलोमिटर टाढा विस्फोट भएको थाहा पाइयो”, अफगानिस्तानका आपत्कालीन निर्देशक डेजन प्यानिकले विज्ञप्तिमा भन्नुभयो ।

    संस्थाका अनुसार घाइतेहरूमा छर्राका घाउ, बल आघात र गम्भीर जलन भएका थि । तीमध्ये १० जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ । विस्फोटका कारण बिजुलीका तारहरू क्षतिग्रस्त भई काबुलका केही क्षेत्रमा रातभर र बिहीबार बिहानसम्म पूर्ण ब्ल्याकआउट भएको एएफपी पत्रकारहरूले जनाएका छन् ।

    यस महिनाको घातक हिंसाले अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनाएको छ । इस्लामाबादले आफ्नो भूमिमा भएका उग्रवादी आक्रमणहरूका लागि अफगानिस्तानलाई दोष दिँदै आएको छ । पाकिस्तानले अफगान सरकारमाथि ‘पाकिस्तानी तालिबान (टिटिपी)’ का लडाकूहरूलाई शरण दिएको आरोप लगाउँछ । उक्त आरोपलाई काबुलले अस्वीकार गरेको छ ।

    तालिबानका वरिष्ठ कूटनीतिज्ञले पाकिस्तानको शत्रु राष्ट्र भारतको ऐतिहासिक रूपमा अभूतपूर्व भ्रमण गरेको बेला यी घटनाहरू भएका हुन् । यसले काबुल र इस्लामाबादबीचको अविश्वासलाई अझ बढाएको बताइन्छ ।

    बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.