काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
Advertisement
कार्कीले बुधबार विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै बन्धकमुक्त हुने २ वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाकाबीच विपिनको दुःखद मृत्युको हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको उल्लेख गरेको हो ।
बन्धक हुनुपूर्वका अन्तिम क्षणमा विपिनको अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर कैयौं साथीहरूको ज्यान बचाएकोप्रति प्रधानमन्त्री कार्कीले कृतज्ञता प्रकट गरेका छन् ।

