• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अप्ठेरो घुम्तीमा नेपालको राजनीति


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    अहिले नेपालको राजनीति अप्ठेरो घुम्तीतिर पुगेको छ । अनुभवी र पुराना ड्राइभरलाई पाखा लगाइएको छ । नयाँ र पुरानाको यो द्वन्द्वले अझै सकारात्मक परिणाम दिन सकेको छैन ।

    पवित्र भावनाले उत्प्रेरित भएर देश भ्रष्टाचारमुक्त बनाउन र सुशासनको माग गर्दै सडकमा उत्रिएको युवा समूहमा विभिन्न स्वार्थी समूहको घुसपैठ भयो । सुरक्षाबल दमनमा उत्रियो । कलिला युवाको ज्यान गयो । स्वार्थ समूहका लागि ती युवाको ज्यान जानैपथ्र्यो अनि मात्र २४ गतेको लागि माहोल तयार हुन्थ्यो । आखिर भयो पनि त्यस्तै । पुरानो सत्ता सत्ताच्युत हुनुपर्‍यो ।

    नयाँ पुस्ता र त्यो स्क्रिनको सामाजिक सञ्जालको दुनिया । नयाँ पुस्ता यसैमा अभ्यस्त भइसकेको छँदै थियो, सामाजिक सञ्जालबाटै आन्दोलन आह्वान गर्ने र नेतृत्व गर्ने भइसकेको थियो । यही सञ्जाल नियमन गर्ने कर्मले सरकार अलोकप्रिय भइरहेको थियो । भित्रभित्रै विभिन्न एजेन्सी सक्रिय भइसकेका थिए । बारुदको थुप्रो जम्मा भइसकेको थियो । सलाई कोर्ने माध्यम जेनजी आन्दोलन बन्यो । यही आन्दोलनको उपलब्धि भनौँ, देश दुई भागमा विभाजन हुन पुग्यो, नयाँ पुस्ता र पुराना पुस्ताका ।

    पुराना पुरानै रहेछन् पनि । स्मार्ट रहेनछन् यद्यपि अनुसन्धानका सुई जताततै फर्काउनुपर्ने भएको छ । भित्रभित्रै भुसको आगोजस्तै फैलिएको स्वार्थ समूहको चलखेलको बारेमा अनभिज्ञ देखिनु । अनभिज्ञ जासुसी संस्था र सुरक्षा निकाय । अनभिज्ञताको पराकाष्ठा नै थियो । आन्दोलनले सिर्जेको नयाँ माहोलमा त्यसको जिम्मा कसले लिने ? सामाजिक सञ्जालमा आन्दोलनको आह्वान गर्नेहरू नै अलमल्ल छन् । आन्दोलनको जिम्मा लिँदै गर्दा त्यसले निम्त्याएका खराब परिणामको बारेमा कसरी जबाफदेही हुने ? नलिऊँ प्राप्त उपलब्धिको रक्षा कसरी गर्ने ? बच्चा अरू कसैले जन्मायो, आमा अरू कोही भइदिएको छ । आफ्नो बच्चा कसरी आफ्नो भन्नु ?

    राजनीति सधैँ सरल बाटोमा हिँड्दैन । यो निर्मम र कठोर पनि हुन्छ । यसको अन्तिम लक्ष्य सत्ता हो । दलीय व्यवस्थामा चाहे त्यो पार्टी सत्ता होस् या राज्यसत्ता, यो सधैँ प्रतिष्पर्धात्मक हुने गर्दछ । यसले निर्माण गर्ने नेतृत्व नेतृत्व मात्र हैन, सय थरी आवाजको व्यवस्थापन र निकासको माध्यम र दिशानिर्देश गर्ने निकाय पनि हो । त्यसैले यो त्यति सरल विषय पनि होइन ।

    नेतृत्वमा पुग्ने सबैको उत्कट चाहना हुन्छ । चाहनाले मात्रै पुगिने त्यति सजिलो ठाउँ पनि नेतृत्व हैन । त्याग, बलिदान, समर्पणले मात्रै पनि पुगिने ठाउँ हैन रहेछ । साथसाथै कुशल सङ्गठक पनि हुनुपर्ने अर्को ठुलो गुण चाहिँदो रहेछ । सँगसँगै नेपाली मात्र भएर पुग्दैन, देशभक्त नेपाली पनि हुनुपर्दछ । त्यसैले प्रजातान्त्रिक तरिकाबाट पनि नेतृत्व चयनका विभिन्न विधि निर्माण भएका छन् ।

    हाम्रोजस्तो प्रजातान्त्रिक मुलुकमा पनि नेतृत्व सर्वसम्मत वा चुनावको माध्यमबाट चयन गरेको पाइन्छ । यसले नै नेतृत्वलाई वैधानिकता प्रदान गर्दछ ।

    कहिलेकाहीँ अवस्था प्रतिकूल बनिदिन्छ । नेतृत्वप्रति असन्तुष्टि पैदा हुन्छ या पैदा गराइन्छ र अलोकतान्त्रिक बाटोबाट या विधिभन्दा बाहिरबाटै नेतृत्व परिवर्तनको प्रयास हुन्छ र सफल हुन्छ पनि । अन्तत: बदलिएको नेतृत्व कहिलेकाहीँ निरङ्कुश र अनन्तकालसम्म आफूलाई नै नेता बन्ने विधि स्वयम् निर्माण गर्दछ । त्यहाँ विधिको कुनै मूल्य हुँदैन, व्यक्ति नै सर्वशक्तिमान बनिदिन्छ र कानुनको स्रोत नै आफैलाई बनाउँदै जान्छ । अन्तत: नेतृत्व निरङ्कुश बनिदिन्छ । यसको विपरीत कहिलेकाहीँ अलोकतान्त्रिक पद्धतिबाट निर्माण भएको नेतृत्वले पनि लोकतान्त्रिक विधि निर्माण गर्दै आफूलाई लोकतान्त्रिक बनाएर विधिको शासन अवलम्बन गर्दछ, जुन सबैका लागि उपलब्धिमूलक बनिदिन्छ ।

    मूल कुरा प्रजातान्त्रिक अभ्यासमा नेतृत्व मागेर र या खोसेर लिने कुरामा विश्वास गरिँदैन र कसैले कसैलाई किस्तीमा सजाएर दिने विषय पनि यो होइन । तिमी एक जना बदलिएर संसार बदलिँदैन । तिमी सुरुवात हुन भने पक्कै हुन सक्छौ । कुनै पनि चिज बदलिन वस्तुगत अवस्था पनि बदलिएकै हुनुपर्दछ । यसको लागि नेतृत्व सामूहिक र समान सहभागिताले विकास हुन्छ । प्रजातान्त्रिक अभ्यास मा व्यक्ति प्रधान हुन सक्दैन, नेतृत्व सामूहिक हुन्छ ।

    अहिले धेरै पार्टीमा नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । अब सबै कुराको जिम्मा युवालाई दिनुपर्दछ भन्न थालिएको छ । झट्ट हेर्दा हुन पनि हो तर युवा हुनु नै सम्पूर्ण होइन । बच्चा, युवा, अधबैँसे वृद्धको समग्रता नै समाज हो । राष्ट्र हो, देश हो, संसार हो । अहिले उमेरसमूहको नाममा समाजलाई विभाजन गरिएको छ । कसैको अवमूल्यन गरेर कोही मूल्यवान् हुन सक्दैन । पृथक् गुण भएरै सुन मूल्यवान् हुन्छ र सुन कहिल्यै पुरानो हुँदैन । नेतृत्वमा परिवर्तनलाई स्वीकार्दै सङ्गठनलाई गतिशील बनाई राख्न सक्ने पृथक् गुण पनि चाहिन्छ । सुन विभिन्न आकारमा बदलिन सक्छ तर पुरानो हुँदैन तर मान्छेको हकमा यो सधैँ लागु नहुन पनि सक्छ ।

    कुनै कालखण्डमा आन्दोलनको नेतृत्व गरेर सफलता हासिल गरेको नेतृत्व अर्को कालखण्डमा प्राप्त उपलब्धिबाट लाभ लिन र विस्तार गर्न असक्षम पनि हुन सक्दछ । समय र परिस्थिति परिवर्तनशील हुन्छ । जडताले यथास्थितिको माग गर्दछ । परिवर्तन स्वीकार्न सक्दैन । त्यसैले नेतृत्व सधैँ गतिशील हुनुपर्दछ ।

    फेरि प्रजातान्त्रिक अभ्यासमा नेतृत्व क्षमताले लिने हो, खोसेर वा रोइकराइ गरेर हैन । जनता या कार्यकर्ताको रोजाइमा जसको चयन हुन्छ, त्यसको नेतृत्व स्वीकार्न सबै बाध्य हुन्छन् । यो लाठी, बन्दुक, डर र भयमा होइन, निर्भयका साथ मतदानबाट व्यक्त हुन्छ । वर्तमान नेतृत्व पनि बलजफ्ती निर्माण भएको हैन । स्वतन्त्र प्रतिस्पर्धाबाटै चुनिएको हो । कुनै बेला अहिलेका नेता ओली, देउवा पनि समकालीन नेतासँग हारेर पनि फेरि आफूलाई मजबुत बनाउँदै नेता बनेका हुन् । हारलाई स्वीकार्नु ठुलो कुरा हो ।

    अब उमेरको कुरा गर्दा सैद्धान्तिक र व्यावहारिक दुवै कुराको भरिपूर्ण सङ्गम मदन भण्डारी अग्रज नेताहरूलाई पछि पारेर महाधिवेशनबाटै युवाअवस्थामै प्रजातान्त्रिक माध्यमबाटै महासचिव बनेका थिए । लोकप्रिय र विचारको स्पष्टताले नेतृत्वसम्म प्रजातान्त्रिक माध्यमबाट पनि त पुर्‍याउने रहेछ त । त्यसैले युवाले पनि आफ्नो क्षमताको विकास त्यही प्रकारले गर्दै लोकतान्त्रिक बाटो अवलम्बन गर्दै पुरानालाई विस्थापन गर्न सकिन्छ भन्ने विश्वासको जगमा आफूलाई उभ्याउनु अत्यावश्यक हुन्छ ।

    रिङभित्रै नपसी मेडलको अपेक्षा राख्ने खेलाडीको के नै अर्थ हुन्छ र ?त्यसैले नेतृत्व छोड भनेर रोइकराई गर्नुभन्दा पार्टीपङ्क्तिको मन जितेर प्रतिष्पर्धाबाटै नयाँ पुस्ता नयाँ नेतृत्व जान खोज्नु उत्तम विकल्प हुन सक्छ । बुढो मरे भकारो खाली हुन्छ भन्ने मानसिकताले कहीँ कतै पुगिँदैन, फगत कुण्ठित भइन्छ । कुण्ठा विकासमा बाधक हुन्छ ।

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.