• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

हमासद्वारा इजरायली बन्धक हस्तान्तरण सुरु


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • गाजासिटी । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकमध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।

    Advertisement

    यस घटनाले तेलअभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।

    दुई वर्ष लामो विनाशकारी युद्धपछि सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीको सट्टामा सबै बाँचेका बन्धकलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ ।

    ‘रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजापट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ’ इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्– ‘आइडिएफ थप बन्धक प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।’

    तेलअभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो । होस्टेज स्क्वायरमा भेला भएकामध्ये नोगा नामकी एक महिलाले भन्नुभयो– ‘म खुसी र पीडाबिच छु । खुशी छु, केही फर्किए तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनका लागि ।”

    अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले दुई सय ५१ जना इजरायलीलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।

    सम्झौताअनुसार हमासले बाँकी ४७ जना बन्धक र सन् २०१४ को युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्नेछ । इजरायलले फिर्ता गर्ने दुई सय ५० कैदीमध्ये धेरैजना सुरक्षासम्बन्धी अपराधमा दोषी ठहरिएका छन् भने युद्धका क्रममा गाजामा इजरायली सेनाले करिब एक हजार सात सय जनालाई हिरासतमा लिएको थियो ।

    संयुक्त राष्ट्र सङ्घले विश्वसनीय ठानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ६७ हजार आठ सय छ जनाको ज्यान गइसकेको छ । उक्त तथ्याङ्कमा नागरिक र लडाकुबिच छुट्याइएको छैन तर मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको अनुमान गरिएको छ । (रासस÷एएफपी)हमासद्वारा इजरायली बन्धक हस्तान्तरण सुरु
    गाजासिटी । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकमध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।

    यस घटनाले तेलअभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।

    दुई वर्ष लामो विनाशकारी युद्धपछि सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीको सट्टामा सबै बाँचेका बन्धकलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ ।

    ‘रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजापट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ’ इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्– ‘आइडिएफ थप बन्धक प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।’

    तेलअभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो । होस्टेज स्क्वायरमा भेला भएकामध्ये नोगा नामकी एक महिलाले भन्नुभयो– ‘म खुसी र पीडाबिच छु । खुशी छु, केही फर्किए तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनका लागि ।”

    अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले दुई सय ५१ जना इजरायलीलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।

    सम्झौताअनुसार हमासले बाँकी ४७ जना बन्धक र सन् २०१४ को युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्नेछ । इजरायलले फिर्ता गर्ने दुई सय ५० कैदीमध्ये धेरैजना सुरक्षासम्बन्धी अपराधमा दोषी ठहरिएका छन् भने युद्धका क्रममा गाजामा इजरायली सेनाले करिब एक हजार सात सय जनालाई हिरासतमा लिएको थियो ।

    संयुक्त राष्ट्र सङ्घले विश्वसनीय ठानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ६७ हजार आठ सय छ जनाको ज्यान गइसकेको छ । उक्त तथ्याङ्कमा नागरिक र लडाकुबिच छुट्याइएको छैन तर मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको अनुमान गरिएको छ । (रासस/एएफपी)

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.