खिमराज चालिसे, हैदरावाद
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित नाचाराम एरिया समितिको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
भेला २०८२ असोज २६ गते मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको उस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रमा केन्द्रीय सदस्य फुलबिना पौडेल, क्षेत्रीय कार्यबाहक अध्यक्ष खिमबहादुर विक, क्षेत्रीय सचिव तिलक रानाको विशेष उपस्थिति रहेको थियो ।
भेलाले नेपालको वर्तमान अवस्था र भारतमा नेपालीले भोग्नु परेको सास्तीबारे छलफल बहस गर्नुका साथै आउँदै गरेको २०८२ सालको प्रगतिशील जनवादी भैलो कार्यक्रमलाई सम्पन्न पार्न थप उर्जाका साथ हौसला बुलन्द गरेको छ ।
भेलाले थानबहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय एरिया समिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष यामबहादुर केसी, सचीव प्रकाश राना, सहसचिव सुकबहादुर आले र कोषाध्यक्ष पुरन पल्ली रहनुभएको छ ।
त्यस्तै सदस्यमा शेरबहादुर राना, प्रेम अर्तनीमगर, तुलसी क्षेत्री, खगेन्द्र शर्मा, राजकुमार बसेल र गनबहादुर मासराई रहनुभएको छ ।