• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण, सात अधिकारीको मृत्यु, १३ घाइते


  •   शनिबार, असोज २५, २०८२ मा प्रकाशित
  • पेशावर । पाकिस्तानको उत्तरपश्चिमी सहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा शुक्रबार राति भएको आतङ्कवादी आक्रमणमा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको र १३ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले शनिबार जनाएका छन् । आक्रमणमा संलग्न छ जना आतङ्कवादी पनि मारिएका छन् ।

    Advertisement

    यो घटनालाई पछिल्ला वर्षहरूमा सो क्षेत्रमा बढ्दै गएको आतङ्कवादी हिंसाको अर्को उदाहरणका रूपमा हेरिएको छ । सशस्त्र समूहहरूको सक्रियता बढ्दै गएपछि पाकिस्तान अहिले बिग्रँदो सुरक्षा अवस्थासँग सङ्घर्ष गरिरहेको छ ।

    डेरा इस्माइल खान सहरको बाहिरी क्षेत्र रट्टा कुलाचीस्थित प्रहरी प्रशिक्षण केन्द्रमा एक आत्मघाती बमवर्षकले विस्फोटक पदार्थले भरिएको ट्रक गेटमा ठोक्काउँदा ठूलो विस्फोट भएको थियो । त्यसपछि अन्य आक्रमणकारीहरूले भारी हतियारसहित परिसरभित्र प्रवेश गर्ने प्रयास गरेको प्रहरीका वरिष्ठ अधिकारी सज्जाद अहमदले बताउनुभयो ।

    “प्रारम्भिक विस्फोटपछि आक्रमणकारीहरूले प्रशिक्षण केन्द्रमा आक्रमण गर्न सफल भए, त्यतिबेला करिब दुई सय भर्ती र तिनका प्रशिक्षकहरू भित्रै थिए”, अहमदले भन्नुभयो । उहाँका अनुसार प्रहरी र आतङ्कवादीहरूबीच करिब छ घण्टासम्म तीव्र गोली हानाहान भएको थियो । उक्त भिडन्तमा सात प्रहरी कर्मचारीको मृत्यु भएको र १३ जना घाइते भएको पुष्टि गरिएको छ ।

    प्रहरीको विज्ञप्तिअनुसार आक्रमण अत्यन्त योजनाबद्ध र समन्वित रूपमा गरिएको थियो । ड्युटीमा रहेका अधिकारीहरूले तत्काल प्रतिकारात्मक कारबाही गर्दै आक्रमणकारीहरूलाई नियन्त्रणमा लिन प्रयास गरेका थिए । विज्ञप्तिमा भनिएको छ, “विस्फोटक पदार्थले भरिएको ट्रक प्रशिक्षण विद्यालयको मुख्य गेटमा ठोक्किँदा ठूलो विस्फोट भयो, जसले पर्खालको केही भाग भत्कायो र एक प्रहरी अधिकारीले घटनास्थलमै ज्यान गुमाए ।”

    विस्फोटपछि वर्दीधारी आतङ्कवादीहरूले परिसरमा प्रवेश गरी स्वचालित हतियारले अन्धाधुन्ध गोली चलाएका र ग्रेनेडसमेत फ्याँकेका थिए ।

    पछि प्रहरी र अर्धसैनिक बलहरूले संयुक्त रूपमा आक्रमणकारीहरूलाई नियन्त्रणमा लिँदै परिसर खाली गरेका थिए । भिडन्तमा छ जना आतङ्कवादी मारिएका र उनीहरूबाट आत्मघाती भेस्ट, विस्फोटक पदार्थ, हतियार तथा गोला–बारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले मारिएका प्रहरी अधिकारीहरूको अदम्य साहस र बलिदानको प्रशंसा गर्दै ‘उनीहरूको वीरता देशको सुरक्षा र स्थायित्वका लागि अमूल्य योगदान हो’ भन्नुभयो ।

    प्रतिबन्धित आतङ्कवादी सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले सुरुमा आक्रमणको जिम्मेवारी लिएको थियो, तर केही समयपछि दोस्रो विज्ञप्ति जारी गर्दै संलग्नता अस्वीकार गरेको थियो । यो समूह अफगानिस्तानमा सन् २०२१ मा सत्ता कब्जा गर्ने तालिबानसँग वैचारिक रूपमा सम्बन्धित भए पनि पृथक रूपमा सञ्चालनमा रहेको बताइन्छ ।

    पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता अहमद सरिफ चौधरीले पत्रकार सम्मेलनमा भन्नुभयो, “विशेषगरी अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा सन् २०२१ देखि आतङ्कवादी गतिविधि उल्लेख्य रूपमा बढेको छ ।” उहाँले हालको बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्न पाकिस्तानले पछिल्ला वर्षहरूमा हजारौँ आतङ्कवाद विरोधी अपरेसन सञ्चालन गरेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस वर्ष सेप्टेम्बर १५ सम्म देशभर १० हजारभन्दा बढी अपरेसनहरू सञ्चालन गरिएका छन् । तीमध्ये ९७० जना आतङ्कवादी मारिएका छन् भने ३११ जना सैनिक र ७३ जना प्रहरी अधिकारीहरूको ज्यान गएको छ ।

    शनिबार, असोज २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.