• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मोरक्कोमा सुधारको माग गर्दै युवा आन्दोलन तीव्र, राजा मोहम्मद छैटौँ सम्बोधनका तयारीमा


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • रबात (मोरक्को) । मोरक्कोका राजा मोहम्मद छैटौँले शुक्रबार संसद् उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

    Advertisement

    देशका प्रमुख सहरहरूमा जारी व्यापक प्रदर्शनहरूले सरकारको खर्च प्राथमिकता र शासनप्रति प्रश्न उठाइरहेकाले यस वर्षको सम्बोधन सामान्य वार्षिक परम्पराभन्दा धेरै उच्च राजनीतिक जोखिमसहितको हुने अनुमान गरिएको छ ।

    देशको सर्वोच्च अधिकार सम्पन्न शासक मानिनुहुने राजा मोहम्मद छैटौँले सामान्यतया जनतालाई कमै सम्बोधन गर्नुहुन्छ र अन्तर्राष्ट्रिय मामिलामा प्रायः मन्त्रीहरू वा शाही परिवारका सदस्यहरूलाई प्रतिनिधित्व गर्न पठाउनुहुन्छ ।

    दशकौँअघि ‘गरिबहरूको राजा’ भनेर चिनिनु भएका उहाँ अहिले भने सुस्त विकास, बढ्दो असमानता र आर्थिक विभाजनका कारण नागरिकहरूमा फैलिएको असन्तुष्टिको केन्द्रमा हुनुहुन्छ ।

    सेप्टेम्बर २७ देखि देशभर फैलिएको प्रदर्शनमा हजारौँ युवा सडकमा उत्रिएका छन् । उनीहरूले सरकारको ध्यान सार्वजनिक सेवाभन्दा बढी सन् २०३० फिफा विश्वकपका तयारीमा अर्बौं डलर खर्च गर्नमा केन्द्रित भएको भन्दै आपत्ति जनाइरहेका छन् । ‘जेन जेड २१२’ नामक युवा नेतृत्वको आन्दोलनले नयाँ स्टेडियम निर्माण र उपेक्षित विद्यालय तथा अस्पतालबीचको असन्तुलनलाई औँल्याउँदै सन् २०११ को अरब वसन्तपछि पहिलोपटक यति ठूलो स्तरको राष्ट्रिय आन्दोलन खडा गरेको छ ।

    प्रदर्शनका नारा स्पष्ट छन्— ‘जनताले राजाको हस्तक्षेप चाहन्छ ।’

    राजा मोहम्मद छैटौँले यसअघि असमानताले भरिएको ‘दुई–गति राष्ट्र’ (टु स्पिड कन्ट्री) स्वीकार गर्न नसक्ने बताउनुभएको थियो । उहाँले गत जुलाईमा तटीय सहर तेतुआनमा आयोजित एक भाषणमा भन्नुभएको थियो, “आर्थिक विकास र पूर्वाधार निर्माण जति भए पनि ती उपलब्धिहरूले सबै वर्ग र क्षेत्रका नागरिकहरूको जीवनस्तरमा ठोस सुधार ल्याएमा मात्र म सन्तुष्ट हुनेछु ।”

    यसपटकको सम्बोधन जनआन्दोलनको चर्को अवस्थामा भइरहेको छ । प्रदर्शनकारीहरूले राजदरबारमा सिधै मागपत्र पठाउँदै प्रधानमन्त्री अजिज अखानोच र उहाँको सरकारलाई बर्खास्त गर्न, राजनीतिक बन्दीहरूको रिहाइ र भ्रष्ट राजनीतिज्ञहरूलाई कानूनी जवाफदेही बनाउने माग गरेका छन् ।

    “हामी, मोरक्कोका युवाहरू, महामहिमको हस्तक्षेपमार्फत अधिकार पुनःस्थापना र भ्रष्टाचार विरुद्ध न्यायपूर्ण सुधारको माग गर्दैछौँ,” आन्दोलनको पत्रमा लेखिएको छ ।

    उक्त पत्रले राजाको समस्याहरू समाधान गर्ने क्षमतामा गहिरो विश्वास व्यक्त गरे पनि राजाको प्रत्यक्ष आलोचना अझै वर्जित रहेको वास्तविकतालाई पनि उजागर गरेको छ । राजालाई सिधै अपिल गर्नु मोरक्कोली राजनीतिक संस्कृतिमा दुर्लभ कदम हो, जसले उहाँलाई राजनीतिभन्दा माथि राख्ने परम्परालाई चुनौती दिएको छ । यदि मागहरू पूरा भएनन् भने जिम्मेवारी कसको हुनेछ भन्ने प्रश्नले अब देशभर बहस निम्त्याएको छ ।

    “जनताले ‘राजा दीर्घायु हुनुहोस्’ भन्दै सम्मान देखाइरहेका छन्, तर उनीहरूले शक्तिको वास्तविक स्रोत पनि दरबारमै छ भनेर इङ्गित गरिरहेका छन्”, अमेरिकी ड्युक विश्वविद्यालयका राजनीतिक विश्लेषक अब्देसलाम मघ्रौईले टिप्पणी गर्नुभयो ।

    यसैबीच ६० जना वरिष्ठ बुद्धिजीवी, कार्यकर्ता र असन्तुष्ट नागरिकहरूले जारी गरेको अर्को खुला पत्रले युवाहरूको मागलाई थप बल दिएको छ । उक्त पत्रमा राजा मोहम्मद छैटौँलाई ‘मोरक्कोमा कार्यकारी शक्तिको साँचो स्रोत’ भन्दै प्रधानमन्त्री मात्र नभई देशलाई हल्लाउने असन्तुष्टिको गहिरो संरचनात्मक कारण समाधान गर्न आग्रह गरिएको छ ।

    बिहीबार साँझ भएको जनेरेसन जेड २१२ आन्दोलनको प्रदर्शनमा सहभागी युवाहरूले राजाको सम्बोधनबाट ठूलो आशा राखेका छन् । उनीहरूका अनुसार राजा मोहम्मद छैटौँले यदि आफ्ना मागहरू सम्बोधन गर्नुभयो भने प्रधानमन्त्री अजिज अखानोचप्रतिको जनआक्रोश घट्न सक्छ ।

    “हामी आशा गर्छौं, उहाँको सम्बोधनले मोरक्कोका युवाहरूका लागि सकारात्मक परिवर्तनको सङ्केत ल्याउनेछ”, कासाब्लान्कामा प्रदर्शनमा सहभागी १८ वर्षीया विद्यार्थी सौफियानले भन्नुभयो ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.