• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जापानमा गठबन्धन भङ्गपछि राजनीतिक संकट गहिरियो


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • टोकियो । सत्तारूढ गठबन्धनका कनिष्ठ साझेदार कोमेइतो पार्टीले गठबन्धन छोडेपछि देश राजनीतिक अनिश्चिततामा फसेसँगै जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रयासमा रहेकी साने तकाइचीको राजनीतिक यात्रा ठूलो सङ्कटमा परेको छ ।

    Advertisement

    तकाइचीले लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व एक हप्ताभन्दा कम समयअघि सम्हाल्नुभएको थियो र यो महिनामै संसद्बाट प्रधानमन्त्रीका रूपमा अनुमोदन हुने अपेक्षा गरिएको थियो । तर, २५ वर्षदेखि लगभग निरन्तर सत्तामा रहेको एलडिपी–कोमेइतो गठबन्धनको अन्त्यले जापानलाई नयाँ राजनीतिक सङ्कटमा धकेलेको छ ।

    गठबन्धन भङ्गको घोषणासँगै जापानी मुद्रा येन डलरको तुलनामा घट्यो भने निक्केई सेयर सूचकाङ्क एक प्रतिशतले तल झर्‍यो ।

    “हामीले एलडिपी–कोमेइतो गठबन्धनलाई अहिलेका लागि अन्त्य गर्दै सम्बन्ध पुनर्विचार गर्न चाहन्छौँ । हाम्रो मागहरूमा एलडिपीको स्पष्ट र ठोस सहयोग नपाएकाले यो निर्णय लिन बाध्य भएका हौँ”, कोमेइतोका प्रमुख तेत्सुओ साइटोले पत्रकारहरूलाई भन्नुभयो, “यदि आवश्यक सुधारहरू हासिल गर्न असम्भव भयो भने साने तकाइचीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्नु हाम्रो लागि पूर्ण रूपमा असम्भव हुनेछ ।”

    मिडिया रिपोर्टहरूका अनुसार साइटो तकाइचीको एलडिपीभित्रको हालैको ‘स्लस फन्ड स्क्यान्डल’ सम्बन्धी जवाफप्रति असन्तुष्ट हुनुहुन्थ्यो । कोमेइतोले भने बजेट योजना र दुवै पार्टीले तयार पारेका अन्य कानूनहरूमा सहयोग जारी राख्ने बताएको छ ।

    तकाइचीले गत वर्ष पदभार सम्हालेका प्रधानमन्त्री सिगेरु इसिबालाई प्रतिस्थापन गर्ने तयारी गर्नुभएको थियो । तर, मुद्रास्फीति र एलडिपीभित्रको वित्तीय घोटालाका कारण गठबन्धनले संसद्को दुवै सदनमा बहुमत गुमाएको थियो ।

    कोमेइतो, तकाइचीको रूढीवादी धारणाप्रति पनि असहज रहेको बताइएको छ । उहाँ विगतमा युद्ध अपराधीहरूलाई समेत सम्मान गर्ने यासुकुनी मन्दिरमा नियमित रूपमा जाने गर्नुहुन्थ्यो । उहाँका गुरु स्वर्गीय सिन्जो आबेले सन् २०१३ मा प्रधानमन्त्रीका रूपमा उक्त मन्दिरको अन्तिम भ्रमण गर्नुभएको थियो, जसले चीन, दक्षिण कोरिया र अमेरिका सबैको असन्तुष्टि निम्त्याएको थियो ।

    यसै सन्दर्भमा, स्थानीय मिडियाले यो शरद ऋतुमा ९अक्टोबर १७ देखि १९० हुने चाडपर्वका क्रममा तकाइचीले मन्दिर भ्रमण नगर्ने सम्भावना रहेको बताएको छ ।

    मार्गरेट थ्याचरलाई आफ्नो आदर्श मान्नुहुने ६४ वर्षीया तकाइचीले शनिबार एलडिपीको नेतृत्व जितेपछि ‘नयाँ युगको सुरुआत’ भएको बताउनुभएको थियो । उहाँले युवा र लोकप्रिय राजनीतिज्ञ सिन्जिरो कोइजुमीलाई हराउनुभएको थियो । कोइजुमी ४४ वर्षको उमेरमा जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्न सक्ने सम्भावनामा हुनुहुन्थ्यो र एलडिपीभित्र पुस्ता परिवर्तनको प्रतीक मानिनुहुन्थ्यो ।

    तर, स्यानसेइतो जस्ता आप्रवासन विरोधी साना दलहरूका लागि जनसमर्थन बढ्दै जाँदा एलडिपीको लोकप्रियता घट्दै गएको छ । यदि तकाइची प्रधानमन्त्री बन्दै हुनुहुन्छ भने पनि उहाँले वृद्ध हुँदै गएको जनसङ्ख्या, कमजोर अर्थतन्त्र, आप्रवासनबारे बढ्दो असहजता र भूराजनीतिक तनावजस्ता गम्भीर चुनौतीहरूको सामना गर्नुपर्नेछ ।

    प्रधानमन्त्रीका रूपमा उहाँको पहिलो औपचारिक कर्तव्यमध्ये एक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत हुनेछ । ट्रम्प अक्टोबरको अन्त्यतिर जापान भ्रमणमा आउने तयारीमा रहेको बताइएको छ ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.