• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

म्यान्माको जुन्ताद्वारा मलेसियालाई आगामी निर्वाचनमा पर्यवेक्षण टोली पठाउन आग्रह


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • याङ्गुन । म्यान्माको सैन्य सरकार (जुन्ता) ले शुक्रबार मलेसियालाई आफ्नो आगामी निर्वाचनमा पर्यवेक्षण टोली पठाउन औपचारिक अनुरोध गरेको छ । यस कदमको घोषणा म्यान्मा अहिले पनि विद्रोही समूहहरूसँग तीव्र सङ्घर्षमा रहेको बेला आएको हो । विद्रोही समूहहरूले प्रस्तावित निर्वाचनको विरोध गर्दै आएका छन् ।

    Advertisement

    सन् २०२१ मा सेनाले लोकतान्त्रिक नेत्री आङ सान सु कीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेपछि म्यान्मा लगातार गृहयुद्धको चपेटामा परेको छ । त्यस यता देशभर विभिन्न जातीय र राजनीतिक विद्रोही शक्तिहरूले सैन्य शासनको विरोध गर्दै सशस्त्र प्रतिरोध जारी राखेका छन् ।

    सेनाले आगामी डिसेम्बर २८ देखि चरणबद्ध रूपमा निर्वाचन सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ, जसलाई उसले ‘राष्ट्रिय मेलमिलापको मार्ग’ का रूपमा व्याख्या गरेको छ । तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र विपक्षी नेताहरूले यो निर्वाचनलाई सैन्य शासनलाई वैधानिकता दिने मात्र प्रयास भन्दै आलोचना गरेका छन् ।

    धेरै बहिष्कृत सांसदहरूले मतदानको बहिष्कार गर्ने बताएका छन् भने सशस्त्र विपक्षी समूहहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा मतदान अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

    यसै सन्दर्भमा मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले बिहीबार राजधानी नेपिडो पुगेर म्यान्माका जुन्ता प्रमुख मिन आङ ह्लाइङसँग भेटघाट गर्नुभएको थियो । म्यान्माको सरकारी पत्रिका ग्लोबल न्यु लाइट अफ म्यान्माले शुक्रबार प्रकाशित समाचारमा उल्लेख गरेअनुसार मन्त्री हसनले म्यान्मामा ‘निर्वाचन पर्यवेक्षण टोली पठाउने वाचा’ गर्नुभएको छ ।

    सो पत्रिकाले लेखेको छ, “दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियानका अध्यक्षका रूपमा मलेसियाले म्यान्मासँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ ।” मलेसियाको विदेश मन्त्रालयले भने एएफपीको प्रतिक्रियाको अनुरोधमा तत्काल उत्तर दिएको छैन ।

    बिहीबार जारी आफ्नो विज्ञप्तिमा मलेसियाको विदेश मन्त्रालयले म्यान्माको प्रस्तावित निर्वाचन र शत्रुता अन्त्यका सम्भावित उपायहरू छलफलको प्रमुख एजेन्डामा रहेको पुष्टि गरेको थियो ।

    म्यान्माको ग्लोबल न्यु लाइटका अनुसार हालसम्म ‘कानूनी मापदण्ड पूरा गरेका’ ५७ राजनीतिक दल र पाँच हजारभन्दा बढी उम्मेदवारले आगामी राष्ट्रिय निर्वाचनमा भाग लिन दर्ता गरिसकेका छन् ।

    सेनाको नेतृत्वमा रहेको सरकारले निर्वाचन डिसेम्बर २८ देखि चरणबद्ध रूपमा सम्पन्न हुने र नतिजा जनवरीको अन्त्यतिर सार्वजनिक गरिने अपेक्षा गरेको छ ।

    तर विश्लेषकहरूको भनाइमा विद्रोही हिंसा र राजनीतिक अस्थिरताबीच हुने यो निर्वाचनले देशमा स्थायित्व ल्याउने सम्भावना न्यून देखिन्छ । धेरैले यसलाई सैन्य शासनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने राजनीतिक अभ्यास मात्र ठानेका छन् ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.