• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीलाई रसायनशास्त्रमा नोबेल पुरस्कार


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • स्टकहोम । सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीले सन् १९८९ मा धातु–जैविक ढाँचाको विकासमा गरेको अद्वितीय अनुसन्धानका लागि रसायनशास्त्रमा नोबेल पुरस्कार साझा गर्नुभएको छ ।

    Advertisement

    रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनले बुधबार स्टकहोममा पुरस्कारको औपचारिक घोषणा गर्नुभयो ।

    नोबेल समितिले तीनै विजेताले ‘ग्याँस र अन्य रसायनहरू बग्न सक्ने ठूला स्थानसहित आणविक संरचना सिर्जना गरेको’ उल्लेख गर्दै यी संरचनाहरू मरुभूमिको हावाबाट पानी निकाल्न, कार्बन डाइअक्साइड समात्न, विषाक्त ग्याँस भण्डारण गर्न वा रासायनिक प्रतिक्रियाहरू उत्प्रेरित गर्न प्रयोग गर्न सकिने बताएको छ ।

    अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका ८८ वर्षीय रोबसन, जापानको क्योटो विश्वविद्यालयका ७४ वर्षीय किटागावा र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलिका ६० वर्षीय याघी यस महत्त्वपूर्ण अनुसन्धानसँग सम्बन्धित हुनुहुन्छ ।

    नोबेल समितिका अध्यक्ष हेनर लिङ्केले भन्नुभयो, “धातु–जैविक ढाँचाले नयाँ कार्यहरूका लागि कस्टम–निर्मित सामग्रीमा अप्रत्याशित अवसरहरू प्रदान गर्दछ ।”

    सन् १९०१ देखि सन् २०२४ सम्म १९५ जनालाई ११६ वटा रसायनशास्त्र पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार जीवनको निर्माण खण्ड पत्ता लगाउन र नयाँ प्रोटिनहरू डिजाइन गर्न शक्तिशाली प्रविधि विकास गरेका डेभिड बेकर, डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।

    सन् २०२५ को पहिलो नोबेल पुरस्कार सोमबार परिधीय प्रतिरक्षा सहिष्णुता सम्बन्धी आविष्कारका लागि मेडिसिनमा मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा. शिमोन सकागुचीलाई दिइएको थियो ।

    मङ्गलबारको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच डेभरेट र जोन एम मार्टिनिसलाई उपआण्विक क्वान्टम टनेलिङमा गरेको अनुसन्धानका लागि दिइएको थियो ।

    यस वर्षको नोबेल घोषणा बिहीबार साहित्य पुरस्कारसँगै जारी हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार अर्को सोमबार घोषणा गरिनेछ ।

    पुरस्कार समारोह डिसेम्बर १०, संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथिमा हुनेछ । नोबेल स्विडेनी उद्योगपति र  डायनामाइटका आविष्कारक हुनुहुन्थ्यो । उहाँको निधन सन् १८९६ मा भएको थियो ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.