• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • स्टकहोम । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ ।

    Advertisement

    सन् १९०१ देखि सन् २०२४ सम्ममा १९५ जना विज्ञलाई ११६ पटक रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका बायोकेमिस्ट डेभिड बेकर र लन्डनस्थित ब्रिटिस–अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान संस्था गुगल डिपमाइन्डका कम्प्युटर वैज्ञानिक डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।

    यी तीन वैज्ञानिकलाई जीवनका आधारभूत निर्माण खण्डहरू — नयाँ प्रोटिनहरू — डिकोड गर्ने र डिजाइन गर्ने शक्तिशाली प्रविधि विकास गरेको योगदानका लागि पुरस्कृत गरिएको थियो । उनीहरूको अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्ससहित अत्याधुनिक प्रविधिहरू प्रयोग गर्दै नयाँ औषधि र सामग्री उत्पादनमा क्रान्ति ल्याउने सम्भावना देखाएको थियो ।

    सन् २०२५ का नोबेल पुरस्कारमध्ये पहिलो पुरस्कार सोमबार घोषणा गरिएको थियो । चिकित्साशास्त्रतर्फ परिधीय प्रतिरक्षा सहिष्णुता सम्बन्धी महत्त्वपूर्ण आविष्कारका लागि प्रोफेसर मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा. शिमोन सकागुचीलाई सम्मान गरिएको हो ।

    मङ्गलबार घोषणा गरिएको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसलाई प्रदान गरिएको थियो । उनीहरूलाई दैनिक डिजिटल सञ्चार र कम्प्युटिङ प्रविधिको शक्तिलाई नयाँ स्तरमा पु¥याउने उपआणिवक क्वान्टम टनेलिङ सम्बन्धी अनुसन्धानका लागि सम्मान गरिएको हो ।

    यस वर्षको नोबेल शृङ्खलामा बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार आगामी सोमबार सार्वजनिक गरिनेछ ।

    नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । उक्त दिन पुरस्कारका संस्थापक तथा डायनामाइटका आविष्कारक धनी स्विडेनी उद्योगपति अल्फ्रेड नोबेलको पुण्यतिथि पनि हो । नोबेलको सन् १८९६ मा निधन भएको थियो ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.