• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हमास आक्रमणको दुई बर्ष पूरा, बन्धकको रिहाई र युद्धविराम निर्विकल्प शर्त भएको विश्व नेताहरूको भनाइ


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • पेरिस । प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई बर्ष पूरा भएको छ ।

    Advertisement

    इजरायलमा भएको हमास आक्रमणमा विभिन्न मुलुकका नागरिकसहित एक हजार २०० इजरायलीको मृत्यु भएको थियो । बदलामा इजरायलले चलाएको हमासविरोधी अभियानमा कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।

    इजरायल र हमासबीचको लडाईमा अत्यधिक सर्वसाधारणको मृत्यु भएपछि विश्व नेताहरूले मङ्गलबार हमासलाई इजरायली बन्धकहरूलाई रिहा गर्न आग्रह गरेका छन् भने इजरायललाई आक्रमण रोक्न आग्रह गरेका छन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बन्धकलाई तुरुन्त रिहा गर्न आफूले यसअघि गरेको अपिल दोहो¥याउनुभएको छ ।

    “सबैका लागि पीडा अन्त्य गर्नुहोस् । गाजा, इजरायल र यस क्षेत्रमा अहिले शत्रुताको अन्त्य गर्नुहोस्। नागरिकहरूलाई उनीहरूको जीवन र सुन्दर भविष्यको साथ दिन विताउन वातावरण सुनिश्चित गराउनुहोस् ।

    “दुई वर्षको आघात पछि अब हामीले आशा रोज्नु पर्छ,” उहाँले भन्नुभयो।

    इजरायलको विदेश मन्त्रालयले भनेको छ, “दुई वर्ष पहिले आजकै दिन (अक्टुबर ७) मा इजरायलले आफ्नो इतिहासको सबैभन्दा कालो दिनको सामना गरेको थियो । हामी गाजामा अझै पनि बन्धकहरूको फिर्तीको लागि प्रार्थना गर्दछौँ र हामी आतङ्कवादको बिरूद्ध एकजुट छौँ।“

    “यो युद्ध अन्त्य गर्न हमासलाई ध्वस्त पार्नुपर्छ,। त्यसपछिमात्र अँध्यारोमाथि ज्योति छाउनेछ,” इजरायली विदेश मन्त्रालयले एक्समा भनेको छ।

    हमासले अक्टोबर ७ को आक्रमण प्यालेस्टाइनी जनताविरुद्ध इजरायलले गरेको कदमको ‘ऐतिहासिक प्रतिक्रिया’ भएको बताएको छ।

    “हामी पुष्टि गर्नेछौँ, अक्टोबर ७ मा अल–अक्सामा भएको सशस्त्र प्रतिकार प्यालेस्टिनी मुद्दालाई निर्मूल पार्ने इजरायलको प्रयासविरूद्धको एक ऐतिहासिक प्रतिक्रिया थियो,” हमासका एक वरिष्ठ अधिकारी फावजी बरहौमले टेलिभिजन सम्बोधनमा भन्नुभएको छ।

    प्यालेस्टाइन क्षेत्रमा इजरायलको आक्रमणको युरोपमा सबैभन्दा मुखर आलोचक मध्ये एक स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हमासको आक्रमणको निन्दा गर्नुभयो। साथै, उहाँले ‘प्यालेस्टिनी जनताको नरसंहार’ अन्त्य गर्न इजरायलसँग माग गर्नुभयो ।

    “यो सबै प्रकारका आतङ्कवादको कडा निन्दा दोहोर्याउने दिन हो, इजरायली बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान गर्ने दिन हो,“ समाजवादी नेता साञ्चेजले एक्समा जारी एक सन्देशमा लेख्नुभएको छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिनी जनताको नरसंहार रोक्न र मानवीय कोरिडोर खोल्न पनि उहाँले माग गर्नुभयो ।

    बेलायती प्रधानमन्त्री केइर स्टार्मरले बन्धकहरूको रिहाइको माग गर्नुका साथै ‘त्यो भयानक दिन’ को सम्झनाका लागि आयोजना गरिएको प्यालेस्टाइन समर्थक प्रदर्शनहरू अनादरपूर्ण भएको बताउनुभएको छ।

    “यो एक देशको रूपमा हामी को हौं भन्ने होइन,“ प्रधानमन्त्रीले युद्धप्रति आक्रोश व्यक्त गर्दै बेलायती पत्रिका ‘द टाइम्स’मा लेख्नुभएको छ।
    उहाँले भन्नुभयो, “अरूको लागि यति कम सम्मान गर्नु गैर–बेलायतीपन हो र तिनीहरूमध्ये केहीले फेरि यहूदी मानिसहरूप्रति घृणा सुरु गर्ने निर्णय गर्नु त्योभन्दा बढी हो।”

    जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘सबै बन्धकहरूलाई तुरुन्त रिहा गरिनुपर्ने’ जोड दिँदै देशमा ‘यहूदी विरोधीको नयाँ लहर’ को चेतावनी दिनुभयो ।

    मर्जले भन्नुभयो, “युद्धपछिको पुस्ताको एक भागको रूपमा जुन ‘फेरि कहिल्यै नहुने’ प्रतिज्ञाको साथ हुर्केको छ, म गम्भीररूपमा चिन्तित छु।”

    उहाँले भन्नुभयो, “बाहिर जानुहोस् र हाम्रा यहूदी नागरिकहरूसँग सम्पर्क गर्नुहोस् ।. हामी उनीहरूको पक्षमा उभिएका छौँ र हामी मिलेर यो सुनिश्चित गर्न सबै सम्भव गर्नेछौं कि यहुदीहरू जर्मनीमा बिना कुनै डर बस्न सकून्।”

    फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सबै बन्धकहरूको रिहाई र युद्धविराम ढिला नगरी गरिनुपर्छ भन्नुभएको छ।

    उहाँले भन्नुभयो, “यस्तो घृणित काम फेरि कहिल्यै हुनु हुँदैन। हामी जताततै यहूदी विरोधीवादसँग लड्न र शान्ति निर्माण गर्न हाम्रो सबै शक्ति एकजुट गरौं ।”

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले हमासले गरेको अत्याचारलाई कहिल्यै बिर्सन नहुने बताउनुभएको छ।

    उहाँले भन्नुभयो, “अष्ट्रेलिया सरकार पनि विश्वभरका यहुदी जनताको साथमा उभिएको छ, जसले कुनै पनि यहूदी विरोधीको कार्यमा इतिहासको सबैभन्दा कालो अध्यायको चिसो छाया महसुस गर्छन्।”

    इटालीकी अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले सन् २०२३ अक्टोबर ७ लाई ’इतिहासकै सबैभन्दा कालो दिनमध्येको एक’ बताउनुभएको छ।

    गाजाको लागि वर्तमान शान्ति योजनाले ‘शत्रुताको स्थायी अन्त्य प्राप्त गर्न, हमासको हातमा रहेका बन्धकहरूलाई घर फर्काउन र मध्य पूर्वमा शान्ति र सुरक्षाको लागि प्रक्रिया सुरु गर्न एक अवसर प्रदान गर्ने उहाँले बताउनुभएको छ।

    गाजामा लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ४७ जना अझै बन्धक छन् तर त्यसमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.