• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • मन्ट्रियल/वासिङ्टन  । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अdर्थतन्त्रमा नकारात्मक असर पार्ने करहरू घटाउन राजी गराउने उद्देश्यका साथ मङ्गलबार पुनः वासिङ्टन भ्रमण गर्न लाग्नुभएको छ ।

    Advertisement

    पदभार सम्हालेपछि यो उहाँको दोस्रो ‘कार्य भ्रमण’ हो । ६० वर्षीय पूर्व बैंकरसमेत रहनुभएका प्रधानमन्त्री कार्नीले यसपटक द्विपक्षीय सम्बन्ध सुधार गर्न र ‘क्यानाडा–अमेरिका बीचको नयाँ आर्थिक तथा सुरक्षा साझेदारीका साझा प्राथमिकताहरू’ बारे छलफल गर्न खोज्नुहुने ओटावाले एक विज्ञप्तिमा जनाएको छ ।

    ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार भ्रमणको पुष्टि गर्दै भन्नुभयो, “व्यापार भोलिको प्रमुख छलफल विषय हुनेछ, साथै दुवै देशले सामना गरिरहेका अन्य मुद्दाहरू पनि ।”

    युरोपेली सङ्घ (इयु) जस्ता अन्य अमेरिकी सहयोगीहरूका विपरीत क्यानाडाले अझै अमेरिकासँग व्यापक व्यापार सम्झौता गर्न सकेको छैन । संयुक्त राज्य अमेरिका क्यानाडाको प्रमुख आर्थिक साझेदार हो, जसमा ओटावाको झन्डै ७५ प्रतिशत निर्यात अमेरिकी बजारमा पुग्छ ।

    क्यानाडाको अर्थतन्त्रमा दबाब बढिरहेको छ । दोस्रो त्रैमासिकमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १.५ प्रतिशतले घटेको छ । राष्ट्रपति ट्रम्पले लम्बर, एल्युमिनियम, स्टिल र अटोमोबाइलमा कर लगाइसक्नुभएको छ र सोमबार उहाँले नोभेम्बर १ देखि भारी ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।

    हाल अधिकांश व्यापार युएसएमसिए (संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोबीचको स्वतन्त्र व्यापार सम्झौता) अन्तर्गत सुरक्षित छ । तर उक्त सम्झौता पुनःवार्ताको तयारीमा रहेको छ र राष्ट्रपति ट्रम्पले अमेरिकी उद्योगहरूलाई प्राथमिकता दिने संशोधनको आह्वान गरिसक्नुभएको छ ।

    – दबाब र आलोचना –

    राजनीतिमा एक वर्षभन्दा कम समय अघि प्रवेश गर्नुभएका पूर्व केन्द्रीय बैंकर कार्नीले अहिले घरेलु स्तरमा पनि आलोचनाको सामना गरिरहनुभएको छ । मन्ट्रियलस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञ डेनियल बेलान्डका अनुसार प्रधानमन्त्री कार्नीले अहिले कम्तीमा स्टिल र एल्युमिनियमका केही शुल्क घटाउन दबाब बढेको महसुस गर्नुभएको छ । उहाँसँग प्रगति हासिल नगरी फर्कने विकल्प छैन ।

    गत जुनमा प्रधानमन्त्री कार्नीले ट्रम्पको दबाबमा अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेको कर फिर्ता लिनुभएको थियो । उक्त करलाई ट्रम्पले ‘अपमानजनक’ भन्नुभएको थियो । उहाँले अघिल्लो सरकारले लगाएका केही भन्सार शुल्क पनि हटाउनुभएको थियो, तर वाशिङ्टनबाट पारस्परिक प्रतिक्रियाको अभावले उहाँलाई विपक्षीहरूबाट आलोचनाको केन्द्रमा पुर्‍याएको छ ।

    कन्जरभेटिभ विपक्षी नेता पियरे पोइलिभ्रेले सोमबार खुला पत्र लेख्दै भन्नुभयो, “यदि तपाईं बहाना र फोटो अवसरहरू मात्र लिएर फर्कनुभयो भने तपाईंले हाम्रा कामदार, व्यवसाय र राष्ट्रलाई असफल पार्नुहुनेछ ।”

    ओटावा विश्वविद्यालयकी राजनीतिक विज्ञ जेनेभिभ टेलियरका अनुसार क्यानाडाली जनता नतिजाको पर्खाइमा छन् । तर सबैलाई थाहा छ, राष्ट्रपति ट्रम्पसँग वार्ता सधैँ जोखिमपूर्ण हुन्छ र यस्तो बैठक सजिलै अनपेक्षित दिशामा जान सक्छ ।

    गत हप्ताको एक भाषणमा ७९ वर्षीय राष्ट्रपति ट्रम्पले ‘गोल्डेन डोम’ मिसाइल ढाल योजनामा क्यानाडाको सम्भावित सहभागिता उल्लेख गर्दै पुनः ठट्यौली तरिकाले क्यानाडालाई ‘५१औँ राज्य’ बनाउन चाहेको दाबी गर्नुभएको थियो ।

    “क्यानाडाले केही हप्ता अघि मलाई फोन गरेको थियो, उहाँहरू हाम्रो सुरक्षा प्रणालीको हिस्सा बन्न चाहनुहुन्छ”, ट्रम्पले भन्नुभयो, “मैले भनेँ—किन हाम्रो देशमै सामेल हुनुहुन्न, ५१औं राज्य बन्नुहोस् र त्यसपछि यो सबै निःशुल्क हुनेछ ।”

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.