• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • मन्ट्रियल/वासिङ्टन  । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अdर्थतन्त्रमा नकारात्मक असर पार्ने करहरू घटाउन राजी गराउने उद्देश्यका साथ मङ्गलबार पुनः वासिङ्टन भ्रमण गर्न लाग्नुभएको छ ।

    Advertisement

    पदभार सम्हालेपछि यो उहाँको दोस्रो ‘कार्य भ्रमण’ हो । ६० वर्षीय पूर्व बैंकरसमेत रहनुभएका प्रधानमन्त्री कार्नीले यसपटक द्विपक्षीय सम्बन्ध सुधार गर्न र ‘क्यानाडा–अमेरिका बीचको नयाँ आर्थिक तथा सुरक्षा साझेदारीका साझा प्राथमिकताहरू’ बारे छलफल गर्न खोज्नुहुने ओटावाले एक विज्ञप्तिमा जनाएको छ ।

    ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार भ्रमणको पुष्टि गर्दै भन्नुभयो, “व्यापार भोलिको प्रमुख छलफल विषय हुनेछ, साथै दुवै देशले सामना गरिरहेका अन्य मुद्दाहरू पनि ।”

    युरोपेली सङ्घ (इयु) जस्ता अन्य अमेरिकी सहयोगीहरूका विपरीत क्यानाडाले अझै अमेरिकासँग व्यापक व्यापार सम्झौता गर्न सकेको छैन । संयुक्त राज्य अमेरिका क्यानाडाको प्रमुख आर्थिक साझेदार हो, जसमा ओटावाको झन्डै ७५ प्रतिशत निर्यात अमेरिकी बजारमा पुग्छ ।

    क्यानाडाको अर्थतन्त्रमा दबाब बढिरहेको छ । दोस्रो त्रैमासिकमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १.५ प्रतिशतले घटेको छ । राष्ट्रपति ट्रम्पले लम्बर, एल्युमिनियम, स्टिल र अटोमोबाइलमा कर लगाइसक्नुभएको छ र सोमबार उहाँले नोभेम्बर १ देखि भारी ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।

    हाल अधिकांश व्यापार युएसएमसिए (संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोबीचको स्वतन्त्र व्यापार सम्झौता) अन्तर्गत सुरक्षित छ । तर उक्त सम्झौता पुनःवार्ताको तयारीमा रहेको छ र राष्ट्रपति ट्रम्पले अमेरिकी उद्योगहरूलाई प्राथमिकता दिने संशोधनको आह्वान गरिसक्नुभएको छ ।

    – दबाब र आलोचना –

    राजनीतिमा एक वर्षभन्दा कम समय अघि प्रवेश गर्नुभएका पूर्व केन्द्रीय बैंकर कार्नीले अहिले घरेलु स्तरमा पनि आलोचनाको सामना गरिरहनुभएको छ । मन्ट्रियलस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञ डेनियल बेलान्डका अनुसार प्रधानमन्त्री कार्नीले अहिले कम्तीमा स्टिल र एल्युमिनियमका केही शुल्क घटाउन दबाब बढेको महसुस गर्नुभएको छ । उहाँसँग प्रगति हासिल नगरी फर्कने विकल्प छैन ।

    गत जुनमा प्रधानमन्त्री कार्नीले ट्रम्पको दबाबमा अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेको कर फिर्ता लिनुभएको थियो । उक्त करलाई ट्रम्पले ‘अपमानजनक’ भन्नुभएको थियो । उहाँले अघिल्लो सरकारले लगाएका केही भन्सार शुल्क पनि हटाउनुभएको थियो, तर वाशिङ्टनबाट पारस्परिक प्रतिक्रियाको अभावले उहाँलाई विपक्षीहरूबाट आलोचनाको केन्द्रमा पुर्‍याएको छ ।

    कन्जरभेटिभ विपक्षी नेता पियरे पोइलिभ्रेले सोमबार खुला पत्र लेख्दै भन्नुभयो, “यदि तपाईं बहाना र फोटो अवसरहरू मात्र लिएर फर्कनुभयो भने तपाईंले हाम्रा कामदार, व्यवसाय र राष्ट्रलाई असफल पार्नुहुनेछ ।”

    ओटावा विश्वविद्यालयकी राजनीतिक विज्ञ जेनेभिभ टेलियरका अनुसार क्यानाडाली जनता नतिजाको पर्खाइमा छन् । तर सबैलाई थाहा छ, राष्ट्रपति ट्रम्पसँग वार्ता सधैँ जोखिमपूर्ण हुन्छ र यस्तो बैठक सजिलै अनपेक्षित दिशामा जान सक्छ ।

    गत हप्ताको एक भाषणमा ७९ वर्षीय राष्ट्रपति ट्रम्पले ‘गोल्डेन डोम’ मिसाइल ढाल योजनामा क्यानाडाको सम्भावित सहभागिता उल्लेख गर्दै पुनः ठट्यौली तरिकाले क्यानाडालाई ‘५१औँ राज्य’ बनाउन चाहेको दाबी गर्नुभएको थियो ।

    “क्यानाडाले केही हप्ता अघि मलाई फोन गरेको थियो, उहाँहरू हाम्रो सुरक्षा प्रणालीको हिस्सा बन्न चाहनुहुन्छ”, ट्रम्पले भन्नुभयो, “मैले भनेँ—किन हाम्रो देशमै सामेल हुनुहुन्न, ५१औं राज्य बन्नुहोस् र त्यसपछि यो सबै निःशुल्क हुनेछ ।”

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.