• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चिनियाँ प्रधानमन्त्री ली किआङको उत्तर कोरिया भ्रमणः सन् २०१९ पछि पहिलो उच्चस्तरीय यात्रा


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली किआङ आगामी बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्दै हुनुहुन्छ । यो सन् २०१९ पछि कुनै चिनियाँ नेताद्वारा हुने पहिलो उच्चस्तरीय भ्रमण हो ।

    Advertisement

    चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री लीले उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सव समारोहमा भाग लिन सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । चीन र उत्तर कोरिया बीचको यो भेटलाई दुवै देशबीचको ‘परम्परागत मित्रता र घनिष्ठ सहयोगको निरन्तरता’ का रूपमा हेरिएको छ ।

    चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख सहयोगी र आर्थिक सहारा रहँदै आएको छ । तर हालका वर्षहरूमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँग सम्बन्ध सुदृढ गर्दै मस्कोलाई युक्रेन युद्धमा सहयोगका सङ्केत देखाउनुभएको छ । उत्तर कोरियाको सरकारी एजेन्सी केसिएनएका अनुसार रुसले यस वार्षिकोत्सव समारोहमा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवलाई पठाउँदैछ ।

    चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन र उत्तर कोरियाको सम्बन्धलाई ‘अटल रणनीतिक नीति अन्तर्गत कायम, सुदृढ र विकास गर्नेतर्फ केन्द्रित’ रहेको उल्लेख गरिएको छ ।

    ली किआङ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सात शीर्ष नेतामध्ये एक हुनुहुन्छ । उहाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति सी जिनपिङपछि दोस्रो उच्च पदस्थ नेता मानिनुहुन्छ । ७२ वर्षीय राष्ट्रपति सीले आफ्नो यात्रा तालिका सीमित गर्नुभएकाले हालका महिनाहरूमा उहाँले चीनको तर्फबाट विदेशी भ्रमणहरूमा सक्रिय प्रतिनिधित्व गर्नुभएको छ ।

    सी जिनपिङको उत्तर कोरियाको अन्तिम भ्रमण सन् २०१९ मा कोभिड–१९ महामारी अघि भएको थियो । यसपटक चीनका साथै भियतनाम र लाओसका शीर्ष नेताहरू पनि समारोहमा सहभागी हुने भएका छन् ।

    भियतनामका कम्युनिष्ट पार्टी महासचिव तथा राष्ट्रप्रमुख टो लामले पनि उत्तर कोरियाको वार्षिकोत्सव समारोहमा भाग लिन यात्रा गर्ने घोषणा गर्नुभएको छ । सन् २००७ पछि कुनै भियतनामी नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ । त्यस्तै, लाओसका राष्ट्रपति तथा पार्टी महासचिव थोङ्लोन सिसोलिथ पनि कार्यक्रममा सहभागी हुनुहुनेछ ।

    गत वर्षदेखि चीन र उत्तर कोरियाबीचको उच्चस्तरीय सम्पर्क पुनः तीव्र बनेको छ । पोलिटब्युरो स्थायी समितिका अर्का सदस्य झाओ लेजीले यसै वर्षको अप्रिलमा प्योङयाङ भ्रमण गरी नेता किम जोङ उनसँग भेट गर्नुभएको थियो । त्यसपछि गत महिना किम जोङ उनले बेइजिङमा आयोजित चिनियाँ सैन्य परेडमा भाग लिनुहुँदा राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्य नेताहरूसँग पनि भेटघाट गर्नुभएको थियो ।

    यस भ्रमणमार्फत चीनले उत्तर कोरियासँगको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ गर्दै क्षेत्रीय कूटनीतिमा आफ्नो प्रभाव पुनः बलियो बनाउन खोजेको विश्लेषकहरूको धारणा छ ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.