• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

म्याक्रोनको दुविधा : प्रधानमन्त्रीको राजीनामापछि फ्रान्स कुन बाटोमा ?


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • पेरिस । फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नुले पद सम्हालेको एक महिनाभन्दा कम समयमा राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोनलाई गम्भीर राजनीतिक द्विविधाले घेरेको छ।

    Advertisement

    राजीनामापछि उहाँ पेरिसको सेन नदी किनारमा सुरक्षाकर्मीहरूबाट केही टाढा रहँदै गहिरो फोन वार्तामा व्यस्त देखिनुभएको दृश्य सार्वजनिक भएको थियो ।

    राष्ट्रपतिले कोसँग र के विषयमा कुरा गर्नुभएको हो भन्ने स्पष्ट छैन, तर उक्त दृश्यले उहाँको राजनीतिक एकान्तताको प्रतीक झल्काउँछ । म्याक्रोन अहिले सीमित र सबै जोखिमपूर्ण विकल्पहरूमध्ये कुन बाटो रोज्ने भन्ने गहिरो सोचमा हुनुहुन्छ ।

    सन् २०२७ मा आफ्नो दोस्रो कार्यकाल समाप्त भएपछि पदबाट हट्नुपर्ने अवस्थामा रहनुभएका म्याक्रोनका लागि विश्लेषकहरूले चार सम्भावित विकल्प देखाएका छन् । तर यी विकल्पमध्ये कुनै पनि सजिलो वा तत्काल समाधान होइनन् ।

    – लेकोर्नुलाई पुनः नियुक्त गर्ने विकल्प –

    पूर्व रक्षामन्त्री र म्याक्रोनका नजिकका व्यक्ति ब्रुनो ले मायरको नियुक्तिले उत्पन्न विवादपछि लेकोर्नुलाई पुनः अवसर दिन सकिने चर्चा छ । एलिसीले उहाँलाई नयाँ कार्ययोजना बनाउन दुई दिनको समय दिएको र सबै राजनीतिक शक्तिसँग अन्तिम छलफल गर्ने बताएको छ ।

    तर संसद्मा बहुमतको अभावका कारण उहाँले विश्वासको मत जित्न सक्ने निश्चितता छैन । युरोपियन पोलिसी सेन्टरका वरिष्ठ विश्लेषक पल टेलरका अनुसार मूल समस्या उस्तै नै रहन्छ — बजेट, पेन्सन सुधार र आप्रवासनजस्ता विषयमा सहमति अभाव ।

    – नयाँ प्रधानमन्त्रीको खोजी –

    म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभयो भने उहाँको शासनकालमा यो आठौँ प्रधानमन्त्री र यो वर्षकै तेस्रो हुनेछन् । यो फ्रान्सको स्थायित्वका दृष्टिले राम्रो सङ्केत होइन ।

    वामपन्थी दलहरूले विस्तारित बजेटमार्फत जनमुखी नीति लागू गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्न सुझाव दिएका छन् । तर यस्तो नियुक्तिले पनि स्थायित्व ल्याउने ग्यारेन्टी छैन । युरेसिया समूहका विश्लेषकहरूले भनेका छन्, “नयाँ प्रधानमन्त्री केही हप्तामै अपदस्थ हुन सक्छन्, जसले नयाँ निर्वाचनलाई अपरिहार्य बनाउनेछ ।”

    – प्रारम्भिक निर्वाचनको सम्भावना –

    सन् २०२४ को गर्मीमा गरिएको आकस्मिक मध्यावधि निर्वाचन गराउने उहाँको जुवा उल्टो परेपछि र फ्रान्सलाई त्रिशङ्कु संसद् दिएपछि म्याक्रोनले सधैँ समयपूर्व चुनाव बोलाउन प्रतिरोध गर्दै आउनुभएको छ । तर यदि लेकोर्नुको प्रयास असफल भयो भने उहाँले यही बाटो रोज्न सक्ने सङ्केत राष्ट्रपति कार्यालयले दिएको छ ।

    त्यस्ता चुनावले मरिन ले पेनको अति–दक्षिणपन्थी दल नेसलन र्‍याली (आरएन) लाई संसद्मा अझ बलियो बनाउन सक्छ र उहाँका उत्तराधिकारी जोर्डन बार्डेलालाई प्रधानमन्त्री बन्ने अवसर प्रदान गर्न सक्छ । यद्यपि इसिएफआरकी विश्लेषक सेलिया बेलिनका अनुसार नयाँ चुनावले विगत जुलाईको भन्दा फरक परिणाम दिने सुनिश्चितता छैन ।

    – राष्ट्रपतिको राजीनामाको सम्भावना –

    म्याक्रोनले कहिल्यै कार्यकाल पूरा हुनुअघि पदत्याग गर्ने विचार अस्वीकार गर्दै आउनुभएको छ । उहाँका अनुसार यसले राष्ट्रपतीय आकस्मिक चुनाव निम्त्याउँछ । तर अहिले उहाँमाथि बढ्दो दबाबका कारण यस्तो सम्भावना असम्भव पनि देखिँदैन ।

    विश्लेषक बेलिनका शब्दमा, “यदि नयाँ चुनावले स्थायी बहुमत नल्यायो भने राजनीतिक सङ्कट शासन सङ्कटमा परिणत हुन सक्छ । त्यस अवस्थामा राष्ट्रपति म्याक्रोनको सत्तामा टिकिरहने क्षमतामाथि प्रश्न उठ्न सक्छ ।”

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.