• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

इजरायल–हमास इजिप्टमा सम्भावित गाजा युद्धविरामका लागि तयारी, ट्रम्पको शान्ति योजनाले आशा जगायो


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • कायरो । इजरायल र हमासले सोमबार इजिप्टमा अप्रत्यक्ष वार्ताका लागि तयारी गर्दैछन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै हप्ता बन्धक मुक्तिको घोषणा गर्न सक्ने बताएका कारण गाजामा सम्भावित युद्धविरामको आशा थप प्रबल बनेको छ ।

    Advertisement

    यो वार्ता हमासको आक्रमणबाट सुरु भएको युद्धको दुई वर्ष पूरा हुने सन्दर्भमा हुँदैछ ।

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शान्ति योजनाका केही अंशहरू स्वीकार गर्ने हमासको निर्णयलाई स्वागत गर्नुभएको छ । इजरायलले पनि उक्त अमेरिकी प्रयासलाई समर्थन जनाएको छ ।

    योजनाअन्तर्गत हमासले बाँकी ४८ जना बन्धक तीन दिनभित्र रिहा गर्नेछ, जसमा करिब २० जना जीवित रहेको विश्वास गरिएको छ । साथै, हमासले शक्ति र निशस्त्रता त्याग्नेछ ।

    इजरायली शीर्ष वार्ताकार रोन डर्मरको नेतृत्वमा प्रतिनिधिमण्डल सोमबार शार्म अल–शेख प्रस्थान गर्नुभएको  नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्टका एक अधिकारीका अनुसार हमासको प्रतिनिधिमण्डल त्यहाँ आइपुगेको छ । ती अधिकारीका अनुसार अमेरिकी दूत स्टिभ विटकफ पनि वार्तामा सहभागी भइरहनुभएको छ ।

    इजिप्टको विदेश मन्त्रालयका अनुसार वार्ताको केन्द्रविन्दु इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदी र हमासद्वारा राखिएका बन्धकहरूको आदानप्रदानमा हुनेछ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘हामी सबै बन्धकहरूलाई मुक्त गर्ने नजिक पुगेका छौँ’ भन्नुभयो । एबिसीको दिस विक कार्यक्रममा उहाँले भन्नुभयो, “हमासले ट्रम्पको ढाँचा स्वीकार गरेपछि दुई चरण लागू हुन्छन् — पहिलो, बन्धकहरूको रिहाइ र दोस्रो, इजरायल गाजामा ‘पहेँलो रेखा’ मा फिर्ता जानु ।”

    रुबियोले सिबिएससँग पनि भन्नुभयो, “हमास बन्धकहरू रिहा गर्न तयार छ र त्यसका लागि बमबारी रोक्नु आवश्यक छ ।”

    ट्रम्पको योजनाले गाजाको भविष्यसमेत समेटेको छ । सिएनएनसँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो, “यदि हमासले त्यहाँ सत्ता सम्हालिरह्यो भने त्यो सङ्गठन पूर्ण रूपमा नष्ट हुनेछ ।” उहाँले नेतान्याहुले युद्ध अन्त्य गर्न सहमति जनाइसकेको र ‘छिट्टै बाँकी विषयहरूमा पनि सहमति हुने’ विश्वास व्यक्त गर्नुभयो ।

    – युद्धविरामका लागि समर्थन बढ्दै –

    इजरायली सरकारका प्रवक्ता सोश बद्रोसियानका अनुसार नेतान्याहु ट्रम्पसँग नियमित सम्पर्कमा हुनुहुन्छ र वार्ता अधिकतम केही दिनभित्र सीमित रहने अपेक्षा छ ।

    इजरायली विदेशमन्त्री गिडियोन सारले भन्नुभयो, “मलाई विश्वास छ जनवरीमा भएको युद्धविराम सम्झौता पछि हामी फेरि बन्धक सम्झौताको नजिक छौँ ।”

    बन्धक परिवारका चिन्तित आफन्तहरू जेरुसेलममा नेतान्याहुको निवास नजिक भेला भएका छन् । केहीले ट्रम्पलाई दबाब जारी राख्न आग्रह गरे ।

    गाजा सहरमा भएको हालैको इजरायली आक्रमणपछि बन्धकहरूको सुरक्षाबारे उनीहरू चिन्तित छन् । “हामीले यस्तो ऐतिहासिक सम्झौतालाई फेरि बलिदान हुन दिनु हुँदैन”, गाइ इलुजका बुबा मिचेल इलुजले भन्नुभयो ।

    यसैबीच, प्यालेस्टिनीहरूका समर्थनमा युरोपेली सहरहरू लगायत विश्वभर लाखौँ मानिसले पदयात्रा गरेका छन् । आठ मुस्लिम बहुल देशका विदेशमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सम्भावित युद्धविरामको दिशामा चालिएको कदमलाई स्वागत गरेका छन् ।

    उनीहरूले गाजामा प्यालेस्टिनी प्राधिकरणको फिर्ती, गाजा र पश्चिम किनारको एकता र ‘पूर्ण इजरायली फिर्ती’ सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

    “गाजाको व्यवस्थापनका लागि नयाँ शासकीय संरचना वा अन्तर्राष्ट्रिय समूह गठन गर्ने विषय युद्धविरामको पहिलो चरणसँगै अघि बढ्न सक्छ”, रुबियोले एबिसीसँग भन्नुभयो, “यो चुनौतीपूर्ण चरण हो, तर यसले स्थायी स्थायित्व ल्याउनेछ ।”

    – गाजामा आइतबार १२ जनाको मृत्यु –

    राष्ट्रपति ट्रम्पले इजरायललाई गाजामा बमबारी रोक्न आदेश दिनुभए पनि बासिन्दा र अस्पतालहरूले क्षेत्रभर आक्रमण जारी रहेको बताएका छन् ।

    सरकारी प्रवक्ता बद्रोसियानले भन्नुभयो, “गाजा पट्टीका केही भागमा बम विस्फोटहरू रोकिएका छन् ।”

    तर इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले चेतावनी दिनुभयो, “यदि राजनीतिक प्रयास सफल भएन भने, हामी फेरि लडाइँमा फर्कनेछौँ ।”

    गाजा सहरको शिफा अस्पतालका अनुसार आइतबार भएका आक्रमणहरूमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । एक सुरक्षा अधिकारीले आक्रमण हमास लडाकूहरू विरुद्ध भएको बताए ।

    दक्षिणी सहर रफाहमा सहायता वितरण स्थल नजिकै गोली चल्दा अन्य चार जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ । इजरायली सेनाले आफू त्यसमा संलग्न नभएको बताएको छ ।

    डक्टर्स विदाउट बोर्डर्सले आफ्ना सहकर्मी अबेद एल हमिद कराडायाको मृत्यु भएको पुष्टि गरेको छ । उनी बिहीबारको आक्रमणमा घाइते भएका थिए ।

    इजरायली सेनाले हमासको पूर्वाधार ध्वस्त पार्ने काम जारी राखेको र बासिन्दाहरूलाई उत्तरी गाजामा नफर्कन चेतावनी दिएको छ ।

    “हामी सङ्कटमा छौँ र कसैलाई भोकमरी वा बमबारीबाट मरिने छ कि भनेर थाहा छैन”, गाजा सहरमा पालमा बसिरहेका एक प्यालेस्टिनी पिता, महमुद हाशेमले भन्नुभयो ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.