• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

असार २० गते समावेशी विधेयकबारे अन्तरक्रिया हुँदै

"अखिल नेपाल जनजाति सम्मेलनको सचिवालय बैठक सम्पन्न "

  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले हालै सरकारले अगाडि बढाइरहेको समावेशी विधेयकमाथि छलफल चलाउन यही असार २० गते अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । २०७७ असार १३ गते जनजाति सम्मेलन सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा असार १४ गते जारी प्रेसविज्ञप्तीका अनुसार भर्चुअल माध्यमबाट सो अन्तरक्रिया गरिने भएको छ । त्यस्तै, बैठकले एमसिसी तथा राष्ट्रघाती नागरिकता विधेयक विरुद्धको देशभक्तिपूर्ण आन्दोलनमा सहभागी हुने, साउन २ गतेको मुक्तकमैया दिवसमा वक्तव्य प्रकाशित गर्ने, साउन २५ गतेको आदिवासी दिवसमा प्रदेशस्तरीय कार्यक्रम गर्ने, अमेरिकामा कालाजातिमाथिको दमनको विरोध गर्ने, हरुवा चरुवाको लगत सङ्कलन गर्न माग गर्ने, सलह नियन्त्रण गर्न माग गर्ने, चौरजहारी घटनाको विरोध गर्ने, कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण गराउनेलगायतका निर्णय गरिएको वक्तव्यमा जनाइएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

    “अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय सचिवालयको अनलाइन बैठक उपलब्ध केन्द्रीय सदस्यहरूको समेत सहभागितामा २०७७ असार १३ गते समितिका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भयो । बैठकले गरेका निर्णय जानकारी गराउन यो प्रेसविज्ञप्ती जारी गरिएको छ ।

    नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नेपालको आधिकारिक नक्सा प्रचलनमा ल्याइसकेको अवस्थामा त्यो क्षेत्रबाट भारतीय सेना हट्नुपर्दछ र व्यावहारिक रूपमा पनि सम्पूर्ण रूपले उक्त भूभाग नेपालको स्वामित्वमा आउनुपर्दछ । एमसिसी सम्झौता खारेज हुनुपर्दछ तथा नागरिकता विधेयकमा राष्ट्रघात हुनुहुन्न भनेर यी विभिन्न विषयलाई लिएर चलिरहेको देशभक्तिपूर्ण आन्दोलनमा सक्रिय सहभागी हुने निर्णय गरिएको छ ।

    सरकारले समावेशी विधेयक अगाडि बढाइरहेको अवस्थालाई ध्यान दिएर अखिल नेपाल जनजाति सम्मेल केन्द्रीय समितिको आयोजनामा यही असार २० गते “समावेशी सिद्धान्त, समावेशी विधेयक र जनजाति अधिकारको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको छ ।

    आगामी साउन २ गते मुक्तकमैया दिवस पर्दछ । त्यस सन्दर्भमा अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समिति र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्ला समितिको तर्फबाट शुभकामना वक्तव्य प्रकाशित गर्ने निर्णय गरिएको छ । जिल्ला समितिले प्रकाशित गर्ने वक्तव्यमा आआफ्ना स्थानीयस्तरका समस्यालाई उठाउनुपर्ने छ । त्यस बेला मुक्त कमैया तथा त्यससँग सम्बन्धित सङ्घसंस्थामा काम गर्ने व्यक्तिलाई सम्पर्क गर्नेसमेत निर्णय गरिएको छ ।

    आगामी साउन २५ गते विश्व आदिवासी दिवस पर्दछ । त्यस अवसरमा तीनदिने कार्यक्रम गर्ने निर्णय गरिएको छ । साउन २३ गते ५ नम्बर प्रदेशले, साउन २५ गते गण्डकी प्रदेशले र साउन २७ गते बागमती प्रदेशले उक्त आदिवासी दिवस मनाउने कार्यक्रम राखिएको छ ।

    तराई–मधेसमा हरुवा चरुवाहरूको समस्या गम्भीर छ । तिनीहरूको लगत लिने कामसमेत सरकारले गरेको छैन । हाम्रो सङ्गठन उनीहरूको समस्या समाधान गर्न प्रारम्भिक कार्यका रूपमा उनीहरूको लगत लिन माग गर्दछ ।

    गत माघ महिनामा मुक्तकमैयाको समस्यालाई लिएर चलाइएको कञ्चनपुर–दाङ अभियानमा बोलेका वक्ताहरूको विचारलाई सङ्कलन गरेर छिट्टै पुस्तकको रूपमा प्रकाशित गरिने छ । गत जेष्ठ १९ गते जनजाति सम्मेलनको आयोजनामा राष्ट्रियता र कोरोना सङ्कटको विषयमा राखिएको साहित्यिक कार्यक्रममा वाचित सामग्रीलाई पुस्तिकको रूपमा प्रकाशित गर्ने निर्णय गरिएको छ । जनजाति सम्मेलनको प्रकाशन “जनजाति दृष्टिकोण” अङ्क ३ प्रकाशित गर्ने निर्णय गरिएको छ ।

    बैठकमा कोभिड–१९ (कोरोना भाइरस) ले निम्ताएका समस्याबारेमा छलफल भयो । विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न, क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न, कोरोना सङ्क्रमण रोकथामको नाममा हुने भ्रष्टाचारको रोकथाम गर्न र भ्रष्टाचारको छानबिन गरी अपराधीलाई कारबाही गर्न सरकारसित माग गर्दछौं । कोरोना भाइरसको समस्याबाट सबैभन्दा बढी पीडित मजदुर भएका छन् । कतिपय भरिया मजदुर र अन्य मजदुर खान नपाएर मरेका समाचार आएका छन् । यो दुखद कुरा हो । कोरोना समस्याले भोकमरी र बेरोजगारी समस्या आउने वा बढ्ने खतरा छ । त्यसप्रति सरकारले बेलैमा ध्यान नपु¥याउने हो भने ठुलो सङ्कट आउन सक्छ । कैलालीको एक क्वारेन्टाइनमा बसेकी एउटी महिलामाथि केही दिन पहिले सामूहिक बलात्कार भएको छ । क्वारेन्टाइनलाई सुरक्षित राख्न सबैको ध्यान जान जरुरी छ । उक्त घटनाका अपराधीलाई कारबाही गर्न माग गर्दछौँ । क्वारेन्टाइमा बस्न, खानको असुविधा, ट्वाइलेट, बाथरूम नभएको वा व्यवस्थित नभएका खबर आइरहेका छन् । क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न माग गर्दछौँ ।

    अमेरिकामा केही दिनपहिले एक जना कालाजातिका मानिसलाई घाँटी थिचेर मारिएको र त्यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहा भड्किएको जातीय हिंसाप्रति हाम्रो सङ्गठनको ध्यान आकर्षण भएको छ । त्यो घटना त्यहाँका कालाजातिमाथि गोराजातिले युगौँयुगदेखि गर्दै आएको शोषण, दमन विरुद्धको विष्फोट हो । त्यो सङ्घर्ष जातीयजस्तो देखिए पनि सारमा वर्गीय सङ्घर्ष हो । अमेरिकी साम्राज्यवादले त्यहाँका शोषित–पीडित कालाजातिलाई दमन गर्ने र त्यहाँको शोसकवर्गका प्रतिनिधि गोराजातिका अपराधीलाई संरक्षकत्व प्रदान गरिरहेको छ । अमेरिकी साम्राज्यवादको अन्ध–जातिवादी प्रवृत्तिको हाम्रो सङ्गठन घोर निन्दा प्रकट गर्दछ ।

    कोरोना सङ्कटको त्रासदी छाइरहेको बेला रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम र विवाहको प्रसङ्गमा ६ जनाको सामूहिक हत्या भएको र कैयाँैलाई मरणासन्न हुने गरी कुटपिट गरिएको घटनाप्रति हाम्रो सङ्गठन घोर निन्दा गर्दछ र घटनाका अपराधीलाई हदैसम्मको सजाय गर्न जोडदार माग गर्दछौँ । घटनाका प्रमाण लुकाउने गरेका समाचार आएका छन् । त्यसो गर्नु अपराधीलाई प्रोत्साहन गरेको ठहरिने छ । प्रमाण लुकाउन नदिन र अपराधीलाई यथोचित सजाय दिलाउन र पीडितलाई न्याय दिलाउन न्यायप्रेमी जनता, राजनीतिक दल, मानवाधिकारकर्मी, सङ्घसंस्था, पत्रकार सबैको सकारात्मक भूमिकाका लागि हाम्रो सङ्गठन अनुरोध गर्दछ ।

    भर्खरै अप्mिकाबाट आएको सलह नेपालमा पनि दक्षिणतिरबाट प्रवेश गरेको छ । भारतमा केही हप्तापहिले प्रवेश गरेको र नेपालमा पनि प्रवेश गर्ने खतरा हँुदाहँुदै पनि आवश्यक तयारी नगर्नु सरकारको कमजोरी हो । किसानका बालीनाली समाप्त गर्ने र भोकमरी निम्तिने खतरा भएकाले सलहको प्रकोप नियन्त्रण गर्न सम्बन्धित सबैको समन्वयात्मक पहलकदमीको आवश्यकतामाथि हाम्रो सङ्गठन जोड दिन चाहन्छ ।

    बैठकले आर्थिक, कार्यालय र आन्तरिक सङ्ठनको व्यवस्थापन आदिबारे पनि निर्णय लिएको छ ।”

     

    आइतबार, असार १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.